आज थप कोरोनाबाट १३९ जनाको मृत्यु, ९२७१ संक्रमित
नेपालबहस संवाददाता
बैशाख २७, २०७८ मंगलबार ०:४१:२४
२७ बैशाख, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा मुलुकभर ९ हजार २७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १८ हजार ४११ जनाको परीक्षण गरिएकोमा उक्त संख्यामा संक्रमण देखिएको हो। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख नाघेको छ।
कुल संख्या ४ लाख ३ हजार ७९४ पुगेको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ।यस्तै पछिल्लो २४ घण्टामा ४ हजार ७ जना संक्रमणमुक्त भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको कुल संख्या ३ लाख ६ हजार ७९४ पुगेको छ। मन्त्रालयका अनुसार कोरोनाबाट मृत्यु भएर पछिल्लो २४ घण्टामा विवरण प्राप्त हुनेको संख्या १३९ रहेको छ।
यो हालसम्मकै उच्च संख्या हो।अघिल्लो दिन मृत्यु भएका र मन्त्रालयको तथ्यांकमा नआएकाहरुको संख्या पनि यसमा जोडिएको छ। यो सहित कुल मृतकको संख्या ३ हजार ८५९ पुगेको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या ९३ हजार १४१ रहेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबङ्गलादेशमा काेराेनाको जेएन-१ भेरियन्ट भेटिएको पुष्टि
माघ ५, २०८० शुक्रबार
गोरखमा पनि एक जनामा कोरोना पुष्टि
माघ २, २०८० मंगलबार
चितवनमा दश महिनापछि देखियो कोरोना, दुई जना संक्रमित
माघ २, २०८० मंगलबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार