जलेश्वर पूर्णरूपमा बन्द हुने
नेपालबहस संवाददाता
बैशाख २८, २०७८ मंगलबार १६:१९:५९
२८ वैशाख,महोत्तरी । जिल्ला प्रशासन कार्यालय महोत्तरीले भारतीय सीमावर्ती जलेश्वर नगरपालिका क्षेत्रमा पूर्णरूपमा निषेधाज्ञा लगाउने निर्णय गरेको छ । जिल्लाभरि गत बुधबारदेखि नै निषेधाज्ञा जारी भएबीच जलेश्वर नगर क्षेत्रमा कोभिड–१९ संक्रमणले निकै गाँजेपछि प्रशासनले सामान्य हिँडडुलसमेत रोक्ने गरी आज बिहानैदेखि लागू हुने गरी थप आदेश जारी गरेको हो । यो आदेशले अब एक्लै हिँड्न वा जरुरी काम छ भन्दै पूर्व स्वीकृतिबेगर सडकमा निस्कने जोकोहीलाई कारवाही गरिने उल्लेख छ ।
नगर क्षेत्रमा कोभिड–१९ संक्रमण निकै बढेर मानवीय क्षति थपिँदै गएपछि थप आदेश जारी गर्नुपरेको प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले जानकारी दिए । नगरका भारतीय सीमावर्ती नाका र गल्छिडाबाट हुने आवतजावत रोक्न थप सुरक्षा जनशक्ति विन्यास गरिएको प्रजिअ भट्टराईको भनाइ छ । जिल्लामा यसपालि २०७८ प्रारम्भ भएयता वैशाख १० देखि हालसम्म कोभिड–१९ संक्रमणले १२ जनाको ज्यान लिएको छ । तीमध्ये सात जलेश्वर नगर क्षेत्रकै परेका छन् । यसअवधिमा संक्रमण पुष्टि भएका ७९१ मध्ये १०० को हाराहारी जलेश्वर नगर क्षेत्रकै परेपछि यसको रोकथाममा कठोर हुनैपर्ने अवस्थाले थप आदेश जारी गर्नुपरेको जिल्ला प्रशासन कार्यालयले स्पष्ट पारेको छ । जिल्लाको कोभिड–१९ व्यवस्थापन केन्द्र र राजनीतिक दल एवं सामाजिक सङ्घसंस्थाको सिफारिसमा अर्को आदेश नभएसम्म नगर क्षेत्र पूर्ण बन्दाबन्दी रहने स्पष्ट पारिएको छ ।
यसअघि गत बुधबारदेखि नै जारी वैशाख महिनाभरि लागू हुने गरी निषेधाज्ञा जारी भए पनि सार्वजनिक बसबाहेक सबै सवारी साधन चलिरहेका र बजार, चोक क्षेत्रमा स्वास्थ्य सचेतता मापदण्ड नअपनाई हिँडडुल गर्ने क्रम नरोकिएपछि सर्वसाधारणको टिप्पणी बढेको थियो । आजदेखि जारी भएको पूर्ण निषेधाज्ञाको अवधिमा तोकिएका क्षेत्रमा अनावश्यकरूपमा कोही निस्के सुरक्षार्मीले तत्काल नियन्त्रणमा लिई बिना मोलाहिजा कारवाही गर्ने प्रजिअ भट्टराईले जानकारी दिए ।
यसैबीच जिल्लाको सुदूर–उत्तरवर्ती बर्दिबास नगरपालिकाले पनि आजदेखि नै लागू हुने गरी तोकिएका क्षेत्रबाहेकका सबै सेवा पूर्णरूपले बन्द गर्ने निर्णय गरेको छ । आजदेखि वैशाख ३१ गते मध्यरातसम्मका लागि जारी गरिएको सूचनामा अस्पताल ९स्वास्थ्यसम्बन्धी सेवा०, दमकल, एम्बुलेन्स, सुरक्षा निकाय ९नगर प्रहरीसहित० र भूमिसम्बन्धी समस्या समाधान आयोगको लगत प्रविष्ट एवं नाप÷जाँचबाहेकका सबै सेवा बन्द राख्न अपिल गरिएको छ । नयाँ भेरियन्टसहितको कोरोना भाइरस फैलँदै गएपछि यसको रोकथाम र नियन्त्रणका लागि यो कदम चाल्नुपरेको नगरप्रमुख विदुरकुमार कार्कीले जनाए ।
कोभिड–१९ संक्रमण बढ्दै जाँदा यसको रोकथाम, नियन्त्रणका लागि सबै स्थानीय तहले पहलकदमी बढाउन आवश्यक रहेको स्वास्थ्यकर्मीले सुझाएका छन् । यसका लागि क्वारेन्टिन केन्द्र र आइसोलेशनको व्यवस्थापन, पिसिआर परीक्षण र उपचार प्रबन्ध एवं गरिब र असहायको छनोट गरी खानपिनको चाँजो मिलाउन स्थानीय तहले पहलकदमी लिनुपर्ने स्वास्थ्य क्षेत्रको लामो सरकारी सेवाबाट अवकाश लिएका बर्दिबास–१ का बासिन्दा स्वास्थ्यकर्मी राधेश्याम झाको सुझाव छ ।
यसबीचमा जिल्लाको गौशाला नगरपालिकाले १५ शय्याको कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ भने बर्दिबास नगरपालिकाले ५० शय्याको आइसोलेशन कक्ष दुई दिनभित्रै सञ्चालन गर्ने गरी तयारी गरिएको जनाएको छ । जिल्लाका अन्य स्थानीय तहले पनि आवश्यक पहलकदमी बढाउन आवश्यक रहेको स्वास्थ्यकर्मी औँल्याउँछन् । जिल्लामा १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ स्थानीय तह छन् । भारतसँग सीमा जोडिएको ३८ किलोमिटर दूरीभित्र छ स्थानीय तह भारतसँग जोडिएका छन् । ती स्थानीय तहको भूमिका अझ बढी हुनुपर्ने झाको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवीरगञ्जमा व्यापारी कुशवाह र गुप्ताको गोदामबाट सवा १ करोडका कपडा बरामद
बैशाख ७, २०८१ शुक्रबार
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने
बैशाख ६, २०८१ बिहिबार
मधेशमा तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ
बैशाख ६, २०८१ बिहिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
आइपिएलमा आज दिल्ली र सनराइजर्स खेल्दै
बैशाख ८, २०८१ शनिबार
संस्कृति संरक्षण गर्न दलित समुदायलाई नौमती बाजा
बैशाख ८, २०८१ शनिबार
एसीसी प्रिमियर कप : तेस्रो स्थानको लागि आज नेपाल र हङकङ भिड्दै
बैशाख ८, २०८१ शनिबार
एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि, २ हजार ४५४ जना सहभागी हुदै
बैशाख ८, २०८१ शनिबार
आजको राशिफल कस्तो छ ?
बैशाख ८, २०८१ शनिबार
आजको मौसमः कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा वर्षा हुने
बैशाख ८, २०८१ शनिबार