जुम्लाका किसानले गरे १८ लाखको गोठेमल खरिद
नेपालबहस संवाददाता
बैशाख २८, २०७८ मंगलबार १६:२८:३९
२८ वैशाख,खलङ्गा । जुम्लाको गुठीचौर एग्रो फार्मले स्याउ बगैँचामा प्रयोग गर्नका लागि यहाँका किसानबाट रु १८ लाखको गोठेमल खरिद गरेको छ । सबै किसानबाट १४ हजार डोका गोठेमल किसानबाट खरिद गरिएको एग्रो फार्मका सञ्चालक मीमबहादुर भण्डारीले बताए ।
उनले भने, “३० हजार स्याउका खाल्डामा प्रयोग गर्न किसानबाट गोठेमल खरिद गरिएको छ । फार्ममा ३० हजार फुजी स्याउका बिरुवा आउने जेठ महिनाको १५ गतेसम्म लगाइसक्ने योजना बनाएका छौँ ।” स्याउका बिरुवा रोप्ने कार्य शुरु भएको सो फार्मका सञ्चालक भण्डारीले बताए । विगतका वर्षमा किसानले उत्पादन गरेको गोठेमल प्रयोग नभएपछि खेर जाने गथ्र्यो । यस वर्षदेखि अवस्था फरक बनेको छ । किसानले उत्पादन गरेको गोठेमल फार्मले खरिद गरेपछि यहाँका किसानलाई आर्थिक उन्नतिमा केही सहज भएको स्थानीयवासी विष्णु धितालले बताए ।
किसानले गोठेमल बिक्री हुन्छ भनेर सोचेका पनि थिएनन् । फार्मले मल खरिद गरेपछि किसान भने खुशी भएका छन् । प्रत्येक किसानको घरमै पुगेर फार्मले गोठेमल खरिद गरेको फार्मका सञ्चालक भण्डारीले बताए । फार्मका लागि आवश्यक पर्ने गोठेमल गुठीचौर एग्रो फार्मले किसानबाट खरिद गरेको हो । फुजी स्याउका बिरुवा लगाउनुपूर्व खनिएका खाल्डामा मल प्रयोग गर्नका लागि किसानबाट गोठेमल खरिद गरिएको एग्रो फार्मले जनाएको छ । माटोमा फसफोरसको कमी भएकाले रु सात लाखको बोनमल पनि फार्मले खरिद गरेको छ । स्याउका बिरुवाका लागि रु २५ लाखको मल खरिद गरेको फार्मका व्यवस्थापक केसी भण्डारीले बताए ।
ठूलो परिमाणमा किसानबाट मल खरिद गरिएको छ । गाई, गोरु र भैँसीको हड्डी कुहाएर बनाइएको बोनमल फार्ममा प्रयोग भएको छ । जलजलामा १५० हेक्टर जमिनमा देशको सबैभन्दा ठूलो फुजी स्याउको बगैँचा निर्माण हुन लागेको सञ्चालक भण्डारीले बताए । व्यक्तिगत लगानीमा देशकै ठूलो स्याउ बगैँचा भण्डारीले निर्माण गरेका हुन् ।
सञ्चालक भण्डारीले भने, “बगैंचा निर्माणका लागि रु आठ करोड खर्च भएको छ ।” बीस वर्षको उमेरदेखि जडीबुटी व्यापारमा संलग्न भण्डारी ४८ वर्षको उमेरमा कृषि क्षेत्रमा फर्केका छन् । झण्डै २८ वर्षपछि भण्डारी कृषि क्षेत्रमा जोडिएका हुन् ।
सो स्याउ बगैँचा कृषि स्रोत केन्द्रका रूपमा स्थापित हुने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वन एकाइ जुम्लाका प्रमुख नमराज भण्डारीले बताए । जिल्लामा झण्डै तीन हजार ४५० हेक्टरमा स्थानीय जातको स्याउ उत्पादन हुने गरेको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ । पछिल्लो समयमा जिल्लाका किसान फुजी जातको स्याउ व्यावसायिक खेतीमा आकर्षण भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचीनबाट आयात गरिएको रासायनिक मल काठमाडौं ढुवानी
बैशाख ७, २०८१ शुक्रबार
हलगोरु पाल्ने किसानलाई अनुदान दिने
बैशाख ३, २०८१ सोमबार
दुग्ध किसानको ४८ करोड भुक्तानी बाँकी
चैत २९, २०८० बिहिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
भारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार