युरोपका नेपालीलाई पत्रकारिता तालीम
नेपालबहस संवाददाता
बैशाख २८, २०७८ मंगलबार १८:५३:५८
२८ वैशाख,विराटनगर । युरोपमा रहेका नेपालीका लागि नेपाल पत्रकार महासंघ, युरोप शाखा र नेपाल प्रेस इन्स्टिच्युटले संयुक्त रुपमा हिजो वैशाख २७ गतेदेखि एक महिना लामो पत्रकारिता तालीम शुरु गरेको छ ।
जुम प्रविधिबाट शुरु भएको तालीमको उद्घाटन गर्दै नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले मुलुकबाहिर रहेर पनि नेपाली भाषाको उत्थान र मातृभूमिको विकासका लागि पत्रकारहरुले गरेको योगदान सराहनीय रहेको बताए । ‘‘परिस्थितिले विदेशलाई कर्मभूमि वनाउन पुगेका नेपालीका साथ जुमको माध्यमबाट एकै पृष्ठमा उपस्थित हुन पाउँदा ‘ग्लोबल भिलेज’को सही अभ्यास भएको अनुभव गरिरहेको छु’’ अध्यक्ष पोखरेलले भने ।
पत्रकार महासंघ युरोप च्याप्टरका अध्यक्ष सरस्वती कार्कीको अध्यक्षतामा भएको तालीमको उद्घाटन सत्रमा बेल्जियम शाखाका अध्यक्ष ओम शर्मा, गैरआवासीय नेपाली संघ, युरोपका संयोजक नारायण आचार्य, युरोप शाखाकै उपाध्यक्ष लक्ष्मण देवकोटा, लेखक दर्पण गौतम, नेपाल प्रेस इन्ष्टिच्युटका कार्यकारी निर्देशक लक्ष्मण उप्रेती र प्रशिक्षक कपिल काफ्लेले सम्बोधन गरेका थिए ।
पत्रकारिता तालीमको उद्देश्य नेपाली लेखनमा रुचि राख्ने सहभागीलाई आमसञ्चार र पत्रकारिताका विषयमा आधारभूत अवधारणा तथा ज्ञान प्रदान गरी समाचार, आलेख र सिर्जनात्मक लेखन तयार पार्नसक्ने वनाउनु रहेको छ । सहभागी प्रशिक्षार्थीहरुमा डेनमार्क, बेल्जियम, स्पेन, स्वीडेनलगायतका युरोपेली मुलुकमा रोजगारी तथा अध्ययनमा रहेका १८ युवा रहेको क्षेत्रीय सञ्चार स्रोत केन्द्र विराटनगरका प्रमुख वीरेन्द्र शर्माले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
इलामा-२ मा नेकपा एसले जीतबहादुरलाई दियो टिकट
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार