लहानस्थित सिग्राही मटियर्वामा लुटपाट
नेपालबहस संवाददाता
बैशाख २८, २०७८ मंगलबार १९:५२:४६
२८ वैशाख,लहान । सिरहाको लहान नगरपालिका–१ सिग्राही मटियर्वास्थित इन्द्रदेव ठाकुरको घरबाट ठूलो परिमाणमा धनमाल लुटपाट भएको हो । मध्यरात सात/आठ जनाको समूहमा आएका लुटेरा समूहले नगद रु ६ लाख र गरगहनासमेत गरी करीब रु १० लाख मूल्य बराबरको धनमाल लुटेर लगेको पीडित परिवारले बताएको छ ।
लुटेराहरू भ¥याङको सहायताले छत हुँदै घरमा प्रवेश गरेको र आफ्ना दुई छोराको कञ्चटमा पेस्तोल राखी दराजको साँचो खोसेर नगद रु ६ लाख र छोरी–बुहारीले लगाएको २ तोला जति सुन र २० तोला चाँदी लुटेर लगेको ठाकुरले जानकारी दिए । लुटेराले घरका सबै सदस्यको मोबाइल कब्जामा लिएका थिए । केही बोले मारिदिने धम्की दिएको ठाकुरले समयमा प्रहरीलाई खबर गर्न नसकिएको ठाकुरको भनाइ छ ।
लुटेराहरू गइसकेपछि मात्रै घटनाबारे छिमेकी र प्रहरीलाई जानकारी गराएको उनले बताए । सूचना पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको र घटना सम्बन्धमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक डा. तपनकुमार दाहालले जानकारी दिए । लुटपाटमा संलग्नहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमुख्यमन्त्रीले विश्वासको मत लिनुअघि मधेश प्रदेशका वनमन्त्रीले दिए राजीनामा
बैशाख ४, २०८१ मंगलबार
आठ लाखभन्दा बढीलाई हात्तीपाइलेबिरुद्धको औषधि खुवाइने
बैशाख ४, २०८१ मंगलबार
सामाजिक सद्भाव खल्बलाउनेलाई कानुनी कारबाहीको माग
बैशाख ३, २०८१ सोमबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
बैशाख ५, २०८१ बुधबार
एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न
बैशाख ५, २०८१ बुधबार
कोशीमा झन गरिँदैछ राजनीतिक संकट
बैशाख ५, २०८१ बुधबार
जसपाको महाधिवेशन एकताको प्रथम राष्ट्रिय महाधिवेशन हुने
बैशाख ५, २०८१ बुधबार
इजरायल र हमासबीचको युद्धको प्रभाव गुगल अफिसमा, किन हुदैछ प्रदर्शन ?
बैशाख ५, २०८१ बुधबार
गण्डकीमा सर्वोच्चको आदेश नटेर्ने एमालेको रणनीति
बैशाख ५, २०८१ बुधबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार