आइसोलेसन कक्ष तयार गर्दै स्थानीय तह
नेपालबहस संवाददाता
बैशाख २८, २०७८ मंगलबार २०:१:२५
२८ बैसाख,चौतारा । कोभिड–१९ को दोस्रो लहर शुरु भई संक्रमितको सङ्ख्या दैनिक वृद्धि हुँदै गएपछि सिन्धुपाल्चोक जिल्लाका १२ वटै स्थानीय तहमा आइसोलेसन कक्ष तयार गरिएको छ । चौतारामा २५ वटा अक्सिजनसहित २६ शय्या तथा बाह्रबिसे र मेलम्चीमा क्रमशः १० र १२ शय्याको आइसोलेसन कक्ष तयार भइसकेको जनाइएको छ ।
वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईका अनुसार ९० वटा अक्सिजन सिलिण्डरमध्ये ६३ वटा विभिन्न पालिकामा पठाइएको छ ।
भोटेकोशी गाउँपालिका–५ को चाकुमा चिकित्सक तथा अक्सिजनसहितको आठ शय्या, वडा नम्बर ४ मा १० शय्याको क्वारेन्टिन तथा सखुवाको नयाँपुलमा हेल्थ डेस्क स्थापना गरी नेपाल प्रहरी र स्वास्थ्यकर्मीको समन्वयमा जाँच शुरु गरएको छ । संक्रमितको लागि तीनवटा एम्बुलेन्स सेवा समेत सञ्चालनमा ल्याइएको छ । पालिका प्रवेश गर्ने सबैको परीक्षण गरी लगत राख्ने काम समेत भइरहेको पालिकाका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिए ।
कोभिड–१९ संक्रमितको लागि सुनकोशी गाउँपालिकाको खाडीचौरस्थित सदाबहार अस्पतालमा १० शय्याको आइसोलेसन कक्षको व्यवस्था गरिएको छ । त्यसैगरी लिसङ्खु पाखर गाउँपालिकाले डाँडापाखरमा अक्सिजनसहितको १० शङ्या, त्रिपुरासुन्दरी गाउँपालिकाले धुस्कुन, पिस्कर र तौथलीसहित तीन वडामा अक्सिजनसहितको ४५ शय्या र जुगल गाउँपालिकाले ७० शैयाको आइसोलेसन कक्ष तयार गरेको छ । दुई डाक्टर र यथेष्ट स्वास्थ्यकर्मी मौजुद रहेको त्यहाँ आइतबारदेखि नै बिरामीको उपचार भइरहेको गाउँपालिका महासंघका अध्यक्ष एवं पालिका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए । पाँचपोखरी थाङपाल गाउँपालिकाले पनि तिपेनीस्थित स्वास्थ्यचौकीमा अक्सिजनसहित १० शय्याको आइसोलेसन कक्ष तयार भएको उपाध्यक्ष सुनिता अधिकारीले बताए ।
हेलम्बु गाउँपालिकाको तीन वडामा ३५ शय्याको आइसोलेसन कक्ष तयार भए पनि संक्रमित बिरामीहरु जान नचाहेपछि सबै आफ्नै घरमा आइसोलेसनमा बस्दै आएको पालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए । त्यस्तै इन्द्रावती गाउँपालिकाले पनि सिपापोखरेमा १३ शय्याको आइसोलेसन कक्ष तयार गरेको छ । अक्सिजन तथा चिकित्सक र नर्ससहितले सेवा प्रदान गर्ने गाउँपालिका महासंघका महासचिव एवं पालिका अध्यक्ष वंशलाल तामाङले जानकारी दिए ।
जिल्लामा कोरोना भाइरस संक्रमणबाट तीनजनाको मृत्यु भएको र संक्रमितको सङ्ख्या ४१७ पुगेको स्वास्थ्य कार्यालयले जानकारी दिए । यसैबीच जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले जिल्लामा थप कडाइ गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरको सम्पदा यात्राः विपत्तिबाट पाठ सिक्नुपर्नेमा जोड
बैशाख ६, २०८१ बिहिबार
महानगरका महिला जनप्रतिनिधि र कर्मचारीको क्यान्सर जाँच शिविर
बैशाख ४, २०८१ मंगलबार
वैशाख १९ गतेदेखि कामपाले एक महिने ‘सीप मेला’ आयोजन गर्ने
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
युएईसँग हारेसँगै नेपाल एशिया कपमा छनौट हुन असफल
बैशाख ७, २०८१ शुक्रबार
अब हामी देशमा अर्को उथलपुथल ल्याउँछौँः माधव नेपाल
बैशाख ८, २०८१ शनिबार
गोदावरीमा एमाले महाधिवेशन प्रतिनिधि परिषद्को बैठक, ओलीले पेश गरे राजनीतिक प्रतिवेदन
बैशाख ८, २०८१ शनिबार
दामदार र आर्थिक चलखेल हुने विभागमा एमाले र माओवादीको तानातान, समय नपुग्दै सरुवा
बैशाख ८, २०८१ शनिबार
मुख्यमन्त्री अधिकारीले दिए गण्डकीमा चुमान र मनाङेलाई जिम्मेवारी
बैशाख ८, २०८१ शनिबार
सडक बालबालिकाः पहिचान पाउन अझै पनि कठिन
बैशाख ८, २०८१ शनिबार