आजदेखि कालीमाटी तरकारी बजार बन्द !
नेपालबहस संवाददाता
बैशाख २८, २०७८ मंगलबार २०:८:८
२८ बैशाख, काठमाडौं । कालीमाटी तरकारी बजार बन्द हुने भएको छ । पछिल्लो समय काठमाडौं उपत्यकासहित देशभर कोरोना संक्रमितको सङ्ख्यामा वृद्धि भएको भन्दै कालीमाटी फलफूल तथा तरकारी बजार बन्द हुने भएको हो ।
तरकारी बजार विकास समितिले आज एक सूचना जारी गर्दै आजदेखि कृषक बजार बन्दको निर्णय भएको बताएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंको निर्णयअनुसार बजार बन्दको निर्णय भएको छ । आजदेखि कृषक बजार, बुधबारदेखि थोक बजारमा हुने खुद्रा कारोबार र बिहीबारदेखि खुद्रा बजार बन्दको निर्णय भएको समितिका कार्यकारी निर्देशक विनोदकुमार भट्टराईले बताए ।
समितिले थोक बजारमा प्याकेजिङ मात्र गरेर तरकारीको बिक्री वितरण गर्न सक्ने जनाएको छ । जसमा एकवटा थोक पसलमा अधिकतम दुईजना बसी सामाजिक दूरी कायम गर्दै नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षाको मापदण्डको पालना गरी पसल सञ्चालन गर्न निर्देशन दिएको छ ।
समितिले बजार परिसरभित्र मोटरसाइकल, साइकल तथा ठेला प्रवेशमा पूर्ण रुपमा बन्देज लगाइएको जनाएको छ भने ठूला कृषकले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर अक्सन र्यार्करहोल्डिङ र्यार्कमा कारोबार गर्नु निर्देशन दिसकेको छ । गत वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा लागू भएसँगै बिहान ३ देखि ९ बजेसम्म तरकारी बजार खुला हुँदै आएको थियो । रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकालीकोट जिल्लाकै नमूना स्याउ फोइमहादेवमा
बैशाख १३, २०८१ बिहिबार
आजदेखि चिया निर्यातमा भारतीय अवरोध हट्यो
बैशाख १२, २०८१ बुधबार
बाँकेका किसान चैते धानखेतीमा आकर्षित
बैशाख १२, २०८१ बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
बैशाख १३, २०८१ बिहिबार
गण्डकीका शहरी क्षेत्रमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दो
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनलाई जातीय र धार्मिक दृष्टिले हेरिए सुरक्षामा चुनौती बढ्ने प्रहरीको विश्लेषण
बैशाख १३, २०८१ बिहिबार
बलिउड अभिनेत्री तमन्नालाई बयानका लागि बोलाइयो
बैशाख १३, २०८१ बिहिबार
कुटपिटबाट मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा ११ जना पक्राउ
बैशाख १३, २०८१ बिहिबार
ओलाङ्चुङगोलामा सडक पुगेसँगै स्थानीय खुसी
बैशाख १३, २०८१ बिहिबार