सङ्खुवासभामा रगत नपाउँदा सुत्केरीको निधन
नेपालबहस संवाददाता
बैशाख २८, २०७८ मंगलबार २१:०:३५
२८ वैशाख,किमाथाङ्का । सोमबार सुत्केरी बेथा लागेपछि सङ्खुवासभाको दुर्गम सिलिचोङ गाउँपालिका –३ की २६ वर्षीया सिर्जना कुलुङलाई ताम्कू प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना गरियो । केन्द्रमा भर्ना भएको केही घण्टामै कुलुङले साधारण रुपमै शिशु जन्माइन् । जन्मिएको केही समयपछि सुत्केरीको रक्तश्राव हुन थाल्यो । अत्यधिक रक्तश्राव भएपछि उनलाई थप उपचारका लागि जिल्ला अस्पताल खाँदबारी पठाइयो ।
सदरमुकाम खाँदबारी लैजाने क्रममा सिलिचोङ ३ की उहाँको सोमबार राति ७ बजे मृत्यु भएको सिलिचोङ ३ का वडाध्यक्ष प्रतापसिंह तामाङले जानकारी दिए । जिल्ला अस्पताल खाँदबारी ल्याउने क्रममा खाँदबारी –१० चन्दनपुर आइपुगेपछि मृत्यु भएको वडाध्यक्ष तामाङले बताए ।
स्वास्थ्य केन्द्रमा सुत्केरी गराउन आएकी कुलुङको अत्यधिक रक्तश्राव भएपछि ताक्कू प्राथमिक स्वास्थ्य केन्द्रले थप उपचारका लागि जिल्ला अस्पताल रेफर गरेको ताम्कू प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा भारती पण्डितले जानकारी दिए । शिशु जन्मिएदेखि नै अत्यधिक रक्तश्राव भएको र साल अड्किएपछि थप उपचारका लागि सदरमुकाम खाँदबारी लैजान रेफर गरिएको थियो ।
रक्तश्राव भएपछि उनलाई तत्काल रगतको चाहिने भएपछि ताम्कू प्राथमिक स्वास्थ्य केन्द्रमा उपलब्ध नभएकाले थप उपचारका लागि जिल्ला अस्पताल लैजाने क्रममा बाटैमा ज्यान गएको उनका श्रीमान् बलिराम कुलुङले जानकारी दिए । सदरमुकामसँग सडक सञ्जाल नजोडिएको सिलिचोङमा गाडी आवतजावत हुन सक्दैन । कच्ची बाटो र समयमा एम्बुलेन्स नपाएका कारण श्रीमतीको बाटैमा निधन भएको बलिरामले दुखेसो पोख्नुभयो । शिशुको स्वास्थ्यावस्था सामान्य रहेको जनाइएको छ ।
राष्ट्रपति महिला उत्थान कार्यक्रमले सुत्केरी तथा गर्भवतीलाई निःशुल्क उद्धार गर्ने गरे पनि दुर्गमका नागरिक अनभिज्ञ भएकाले यस्तो घटना भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
बोलेरोको ठक्करबाट तीन युवकको मृत्यु
बैशाख १२, २०८१ बुधबार
अचानक आएको हावाहुरीले फेवातालमा डुङ्गा दुर्घटना, पाँच जनाको सकुशल उद्धार
बैशाख १२, २०८१ बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार
खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार