अब विवाह, व्रतबन्ध पार्टी प्यालेसमा गर्न मनाही
नेपालबहस संवाददाता
बैशाख २८, २०७८ मंगलबार २२:०:३७
२८ बैशाख, काठमाडौं । कोरोना संक्रमणको जोखिम बढेसँगै अब काठमाडौं उपत्यकामा विवाह, व्रतबन्ध, धार्मिक अनुष्ठानहरू पार्टी प्यालेसमा गर्न नपाइने भएको छ ।
मंगलबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले काठमाडौं उपत्यकामा १५ दिन निषेधाज्ञा थप्ने निर्णय गर्दै पार्टी प्यालेसमा विवाहलगायतका कार्यक्रम गर्न पूर्ण रूपमा रोक लगाएको हो ।
विवाहलगायतका कार्यक्रम घरमै गर्ने भएमा बढीमा १० जनामात्र सहभागी हुन पाउने व्यवस्था भएको छ । तर घरमा पनि स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने प्रशासन कार्यालयले जनाएको छ ।
यसअघि पहिलो चरणमा वैशाख १६ देखि २२ गतेसम्म र दोस्रो चरणमा वैशाख २९ गतेसम्मका लागि लागू गरिएको निषेधाज्ञा आज फेरि १५ दिनका लागि थपिएको हो ।
बैठकले संक्रमणको दर बढ्दै गएपछि निषेधाज्ञा लम्ब्याउने निर्णय समेत गरेको छ । आजै बसेको ३ जिल्लाका सिडियोको बैठकले स्वास्थ्य मापदण्ड पालना भए–नभएको, मास्क प्रयोग र अनावश्यक हिँडडुल गर्नेमाथि कडा अनुगमन गरिने र मास्क नलगाउनेलाई जरिबाना गर्नुका साथै अत्यावश्यक कामबाहेक हिँडडुल गर्नेलाई होल्डिङमा राखिने पनि निर्णय पनि गरेको छ ।
खाद्यान्न, अत्यावश्यक वस्तु, औषधिलगायतले पासको आधारमा र पत्रकार तथा सञ्चारकर्मीलाई सूचना विभागको प्रेस पासको आधारमा आवतजावतमा सहजीकरण गरिने छ ।
यस्तै मृत्यु संस्कार र बिरामी लिएर जिल्लाबाहिर जानुपर्ने अवस्थालगायतका अत्यावश्यक कार्यका लागि जिल्ला प्रशासन कार्यालयले सहजीकरण गर्ने व्यवस्था मिलाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबढ्यो कोरोना संक्रमण, एक हप्तामा २८ जना संक्रमित
चैत २०, २०८० मंगलबार
बङ्गलादेशमा काेराेनाको जेएन-१ भेरियन्ट भेटिएको पुष्टि
माघ ५, २०८० शुक्रबार
गोरखमा पनि एक जनामा कोरोना पुष्टि
माघ २, २०८० मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार
मस्कको सुझाव - रकेट एकअर्कामा होइन, ताराहरुमा पठाऊ !
बैशाख ७, २०८१ शुक्रबार
आमजनतामा सूचना प्रविधिको पहुँच बिस्तार आवश्यकः मन्त्री शर्मा
बैशाख ७, २०८१ शुक्रबार