लकडाउनमा पनि रोकिएन सीमा नाकाबाट तस्करी
नेपालबहस संवाददाता
बैशाख २८, २०७८ मंगलबार २३:३०:४६
२८ बैशाख, बीरगञ्ज । विश्वव्यापी महामारीको रुप लिईरहेको कोभिड- १९ को नयाँ भेरियन्टसहितको संक्रमणबाट पछिल्ला केही दिनयता पर्सा जिल्ला पनि नराम्रोसँग प्रभावित भईरहेको बेला सशस्त्र प्रहरी बल (बीओपी) सबैठवाको मिलोमतोमा लत्ताकपडा, गाई भैसी, हार्डवेयर लगायतको तस्करी शुरु भएको छ।
संक्रमणको प्रभावकारी नियन्त्रण र रोकथामका लागि जिल्ला कोभिड- १९ संकट व्यवस्थापन केन्द्रले विगत एक सप्ताहदेखि लकडाउन गरेपनि पर्सा जिल्लाको सबैठवा नाकाबाट व्यापकरुपमा गाई, भैसी तथा लत्ताकपडाको व्यापक तस्करी सशस्त्र प्रहरीको मिलोमतोमा शुरु भएको हो ।
तस्करी नियन्त्रण गर्ने सीमा नाकाको मुख्य जिम्मेवारी पाएका सशस्त्र प्रहरी बल १३ नम्बर गण प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र खड्काले पर्सा जिल्लाको जिम्मेवारी सम्हालेका दिनदेखि नै सशस्त्र प्रहरी बल (बीओपी) सबैठवा प्रमुख एवं सशस्त्र प्रहरी निरीक्षक प्रकाश भुजेलमार्फत लाखौं रुपैयाँको नजराना बुझी तस्करीको लाईन सुचारु गराउँदै आएको आरोप लागेको छ ।
प्रहरी उपरीक्षक खडकाको लोभका कारणले सो नाकाबाट अहिले बीओपी सबैठवाका प्रमुख भुजेलको सहयोगमा भारतबाट रातिको समयमा १ सयदेखि ४०० सयको हाराहारीमा खेस्राहाको नहर बाटोको प्रयोग गरि पोखरिया बजार हुँदै परवानीपुरसम्म पुर्याउने गरेको नाम नछाप्ने शर्तमा एक तस्करले बताएका छन् ।
सशस्त्र प्रहरी बल प्रदेश नम्बर दुईका प्रमुख डीआईजी चन्द्रप्रकाश गौतम (सीपी) ले पुर्णरुपले तस्करी बन्द गर्न निर्देशन दिएपनि सशस्त्र प्रहरी उपरीक्षक खडका र सशस्त्र प्रहरी निरीक्षक भुजेलले निर्देशन विपरित डीआईजी गौतमको नाममा समेत लाखौं रुपैयाँ तस्करहरुसँग असुल्ने गरेको एक तस्करले दावी गरेका छन् ।
सबैठवा नाकाबाट रातिको समयमा भारतबाट नेपालतर्फ गाई, भैसी , लत्ताकपडा र नेपालबाट पेट्रोल , डिजल लगायतका सामानहरुको तस्करी भईरहेको प्रत्यक्षदर्शीहरुले बताएका छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहाजिरी जमानतमा रिहा भए कृष्णबहादुर महरा
चैत ९, २०८० शुक्रबार
नन्दकिशोरका दुई पुत्रको सुन र सहकारीमा कसुर नै कसुर
चैत ९, २०८० शुक्रबार
सीआईबीले लिएको दुइदिने बयानमा महराद्वारा आरोप अस्वीकार
चैत ८, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
सिराहामा बाहिरियो नेपाली विषयको प्रश्न पत्र
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार
क्रिप्टो संस्थापक ब्याङ्म्यान–फ्राइडलाई २५ वर्ष जेल सजाय
चैत १६, २०८० शुक्रबार
अन्तर्राष्ट्रिय अदालतद्वारा गाजामा निर्बाध सहायता अनुमति दिन आदेश
चैत १६, २०८० शुक्रबार