पाँच बैंकसहित नौ कम्पनीको उच्च शेयर माग, कुनको कति ?
नेपालबहस संवाददाता
बैशाख २८, २०७८ बुधबार १:४१:२८
२८ वैशाख, काठमाडौं । सोमबार शेयरबजारमा पाँच बैंकसहित नौ कम्पनीको शेयर खरिद माग उच्च रहेको छ । यस दिन निफ्रा, सिभिल बैंक, नेपाल बंगलादेश बैंक, एनसीसी बैंक र सानिमा बैंकसहित अन्य चार कम्पनीको शेयर खरिद माग उच्च देखिएको हो ।
यस दिन अरुण भ्याली, नेशनल हाइड्रो, रु रु जलविद्युत र समता घरेलु लघुवित्तको शेयरमा उच्च शेयर खरिद माग रहेको छ ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंक
यस दिन बजार बन्द हुने समयमा सबैभन्दा बढि नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयरमा उच्च खरिद माग देखिएको हो । बैंकको शेयरमा ८ लाख २६ हजार कित्ता खरिद माग रहेको छ ।
बैंकको शेयरमा ८ लाख २६ हजार कित्ता खरिद माग आउँदा ७६ हजार कित्ता बिक्री आदेश रहेको छ । यस दिनसम्म बैंकको शेयरमूल्य ५३४ रुपैयाँ पुगेको छ ।
सिभिल बैंक
सिभिल बैंकको शेयरमा खरिद माग उच्च रहेको छ । बैंकको शेयरमा ७ लाख ६८ हजार कित्ता खरिद माग रहेको छ ।
बैंकको शेयरमा ७ लाख ६८ हजार कित्ता खरिद माग आउँदा १ लाख ८१ हजार कित्ता बिक्री आदेश रहेको छ । यस दिनसम्म बैंकको शेयरमूल्य २३९ रुपैयाँ पुगेको छ ।
अरुण भ्यालीको हाइड्रो
अरुण भ्याली हाइड्रोको शेयरमा ७ लाख ६८ हजार कित्ता खरिद माग रहेको छ । हाइड्रोपावर कम्पनीले हाल ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद शेयर निष्कासन गरिरहेको छ ।
उक्त हकप्रदमा जेठ २ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । हाल कम्पनीको चुक्तापूँजी ९९ करोड ८३ लाख रहेको छ ।यो हकप्रद शेयर निष्कासन पछि पूँजी १ अर्ब ५२ करोड २४ लाखभन्दा बढी पुग्नेछ ।
समता घरेलु लघुवित्त
यस दिन समता घरेलु लघुवित्तको शेयरमा खरिद माग उच्च रहेको छ । घरेलु लघुवित्त र समता लघुवित्त मर्जर भई समता घरेलु लघुवित्तको एकीकृत कारोबार सुरु भएसंगै लघुवित्तको शेयरमा खरिद माग उच्च रहेको छ ।
आज लघुवित्तको शेयरमा करिब ५ लाख ४१ हजार कित्ता खरिद माग रहेको छ । उच्च शेयर खरिद माग रहेको लघुवित्तको शेयरमूल्य ९ सय ६४ रुपैयाँ पुगेको छ ।
रु रु जलविद्युत
त्यस्तै, रु रु जलविद्युतको शेयरमा ४ लाख ८१ हजार कित्ता, नेशनल हाइड्रोको शेयरमा ६ लाख ६९, एनसीसस् बैंकको शेयरमा ३ लाख ९२ हजार र सानिमा बैंकको शेयरमा २ लाख ३९ हजार कित्ता शेयर खरिद माग रहेको छ ।
अधिकांश वाणिज्य बैंकको तेस्रो त्रैमासको वित्तीय विवरण सन्तोषजन आएसंगै बैंकको शेयरमा लगानीकर्ताको आकर्षण देखिएको हो ।
कुन कम्पनीको शेयर कति माग
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्सेमा सामान्य गिरावट, २ अर्बभन्दा बढीको कारोबार
बैशाख १३, २०८१ बिहिबार
नेप्से सामान्य अंकले बढ्यो, २ अर्बभन्दा बढीको कारोबार
बैशाख १२, २०८१ बुधबार
नेप्से ०.२८ अंकले वृद्धि भएर ३५०.७५ विन्दुमा कायम
बैशाख ९, २०८१ आइतबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
मुख्यमन्त्री कार्कीसँग बहुमत नरहेको पत्र प्रदेश प्रमुखलाई पठाइयो
बैशाख १३, २०८१ बिहिबार
जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक
बैशाख १३, २०८१ बिहिबार
कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत
बैशाख १३, २०८१ बिहिबार
भीम रावलको घुम्तीः न घर फर्किन मिल्ने, न घाट जान
बैशाख १३, २०८१ बिहिबार
मन्त्रिपरिषदमा छिर्यो सहकारी ठगीको विषय, फाष्ट ट्रयाकबाट कानुन बनाउने
बैशाख १३, २०८१ बिहिबार
डढेलोले पाइप जल्यो, खानेपानीको समस्या
बैशाख १३, २०८१ बिहिबार