आइतबार , असार ६, २०७८

राष्ट्रिय झण्डा ओढाएर सञ्चारमन्त्री गरे चौलागाईंको अन्तिम श्रद्धाञ्जलि

राष्ट्रिय झण्डा ओढाएर सञ्चारमन्त्री गरे चौलागाईंको अन्तिम श्रद्धाञ्जलि

२९ वैशाख,काठमाडौं । नेकपा (एमाले) का नेता तथा वाग्मती प्रदेशसभा सदस्य पशुपति चौलागाईंको पार्थीव शरीरमाथि सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

मन्त्री गुरुङले आज बिहान मनमोहन मेमोरियल अस्पतालमा पुगेर राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि व्यक्त गरेका हुन् । त्यस्तै पार्टीका अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहराले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गरेका हुन् । उनको केही समयपछि पशुपति आर्यघाटको विद्युतीय शव दाहगृहबाट अन्त्येष्टि गरिनेछ । कोरोना संक्रमणबाट मङ्गलबार राति नेता चौलगाईंको निधन भएको थियो ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

नेकपा ९एमाले० पोलिटब्यूरो सदस्य रहेका चौलागाईं दोलखा ‘ख’ बाट वाग्मती प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । नेता चौलगाईं विसं २०५६ को निर्वाचनमा दोलखा क्षेत्र नं १ बाट निर्वाचित भएका हुन् । त्यस्तै २०७० को संविधानसभा चुनावमा समानुपातिक कोटाबाट सांसद भएका हुन् ।

विद्यार्थीकालदेखि नै सक्रिय राजनीतिमा रहेका चौलगाईं निष्ठावान र इमान्दार नेता थिए । उनको निधनले दोलखाका साथै सिङ्गो राष्ट्रले अपूरणीय क्षति व्यहोर्नुपरेको एमाले वाग्मती प्रदेश सङ्गठनका अध्यक्ष आनन्दप्रसाद पोखरेलले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

मेलम्ची बाढीः द्रुत आवश्यकता मूल्यांकन जरूरी मेलम्ची बाढीः द्रुत आवश्यकता मूल्यांकन जरूरी २ घण्टा पहिले
भोलिबाट पत्रकार महासंघले अनुगमन गर्ने भोलिबाट पत्रकार महासंघले अनुगमन गर्ने ४ घण्टा पहिले
सांग्रिला डेभलपमेण्ट बैंकको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने, ब्याज कति पाइने ? सांग्रिला डेभलपमेण्ट बैंकको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने, ब्याज कति पाइने ? १२ घण्टा पहिले
दुई पटकसम्म म्याद थप्दा पनि अक्सिजन प्लान्ट नल्याउने आपूर्तिकर्ता कारबाहीमा दुई पटकसम्म म्याद थप्दा पनि अक्सिजन प्लान्ट नल्याउने आपूर्तिकर्ता कारबाहीमा ९ घण्टा पहिले
कालीगण्डकीमा वर्षायाममा पनि नदीजन्य वस्तु उत्खनन गर्ने निर्णय कालीगण्डकीमा वर्षायाममा पनि नदीजन्य वस्तु उत्खनन गर्ने निर्णय ८ घण्टा पहिले
कविता: सन्तुलन कविता: सन्तुलन ११ घण्टा पहिले
धानखेत गोरूको सहायताले हिल्याउँदै किसान धानखेत गोरूको सहायताले हिल्याउँदै किसान ८ घण्टा पहिले
माई सेकेण्ड टिचर ‘मेरो डिजिटल नेपाल, मेरो परिकल्पना’ प्रतियोगिता शुरू, उत्कृष्ट ७ लाई २५ हजारदेखि १ लाखसम्मको पुरस्कार माई सेकेण्ड टिचर ‘मेरो डिजिटल नेपाल, मेरो परिकल्पना’ प्रतियोगिता शुरू, उत्कृष्ट ७ लाई २५ हजारदेखि १ लाखसम्मको पुरस्कार ५८ मिनेट पहिले