दमौली अस्पतालमा कोभिड संक्रमितको उपचार शुरु
नेपालबहस संवाददाता
बैशाख २९, २०७८ बुधबार १६:१२:१७
२९ वैशाख,दमौली । दमौली अस्पतालले कोभिड संक्रमितको उपचार शुरु गरेको छ । अस्पतालले मङ्गलबारदेखि कोभिड संक्रमितलाई भर्ना गरेर उपचार शुरु गरेको हो ।
अस्पतालमा पाँच संक्रमितको उपचार भइरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुनिल पौडेलले जानकारी दिए । उनका अनुसार चार व्यास नगरपालिका र एक म्याग्देका संक्रमितको उपचार शुरु गरिएको छ । सबै संक्रमित निमोनियापीडित छन् । संक्रमितलाई अक्सिजन दिइएको छ ।
“सबै संक्रमितको फोक्सोमा निमोनिया देखिएको छ, उनीहरुलाई अक्सिजन र अत्यावश्यक औषधि दिइएको छ”, डा. पौडेलले भने । उनका अनुसार अस्पतालमा १६ संक्रमितलाई उपचार गर्न सक्ने गरी व्यवस्था मिलाइएको छ । अहिलेको अवस्थामा उक्त शय्या आजै भरिनेजस्तो देखिएको डा पौडेलले बताए । अस्पतालले जनरल वार्डलाई कोभिड कक्षमा रूपान्तरण गरेको थियो । उक्त ठाउँमा शय्या थप गर्ने प्रयास भइरहेको पनि अस्पतालले जनाएको छ । अस्पतालले सात आइसीयू र चारवटा भेन्टिलेटरसहितको शय्या यसअघि नै तयार गरिसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वास्थ्यमन्त्री यादवले एक तह मुनिका प्रमोदलाई बनाए राष्ट्रिय ट्रमा सेन्टरको मेसु
बैशाख ७, २०८१ शुक्रबार
दमौली अस्पतालमा १२ घण्टा ओपीडी सेवा सञ्चालन गर्ने
बैशाख ६, २०८१ बिहिबार
बेनी अस्पतालमा अर्थोपेडिक सेवा सुरु
बैशाख ३, २०८१ सोमबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
गर्मीमा छिटै तौल घटाउन चाहनुहुन्छ ? दैनिक खाली पेटमा सौंफको पानी पिउनुहोस्
बैशाख ८, २०८१ शनिबार
रुसी सेनामा भएकालाई फर्काउन माग गर्दै आफन्तको प्रदर्शन
बैशाख ८, २०८१ शनिबार
मौरीपालक कृषक बढ्दै ,उत्पादन घट्दै
बैशाख ८, २०८१ शनिबार
एसीसी प्रिमियर कप: हङकङविरुद्ध नेपालले टस जितेर पहिला ब्याटिंग गर्दै
बैशाख ८, २०८१ शनिबार
म्याग्दीमा टिपर दुर्घटना, १ जनाको मृत्यु, तीन घाइते
बैशाख ८, २०८१ शनिबार
प्रदेश सरकारले खेलकुद क्षेत्रमा बजेट बढाउँछ : मुख्यमन्त्री सोडारी
बैशाख ८, २०८१ शनिबार
राजनीतिक परिवर्तनको औचित्य पुष्टि हुनेगरी काम गर्नुपर्छ : परराष्ट्रमन्त्री श्रेष्ठ
बैशाख ८, २०८१ शनिबार