विदेशको जागिर छाडेर गाउँमै व्यावसायिक पशुपालन
नेपालबहस संवाददाता
बैशाख २९, २०७८ बुधबार १६:४३:२६
२९ वैशाख,तनहुँ । भानु नगरपालिका–१२ स्थित घलेछाप निवासी ५० वर्षीय राजेन्द्र अधिकारी बहराइनमा होटलको राम्रो जागिर छाडेर गाउँमै व्यावसायिक पशुपालनतर्फ लागेका छन् । गाउँमै बसेर केही गरौँ भन्ने भावनाका साथ विगत तीन वर्षदेखि बोर र स्थानीय जातका बाख्रा, मौरीपाल तथा लोकल कुखुरा पालन गरेर राम्रो आम्दानी गर्दै आएका छन् ।
शुरुमा करिब रु १५ लाखबाट व्यवसाय थालेका अधिकारीले अहिले करिब रु ७० लाख लगानी भइसकेको बताए । हाल उनका खोरमा ११७ वटा बाख्रा छन् । मिर्लुङ्ग बहुउद्देश्यीय कृषिफार्म प्रालि दर्ता गरी किसान अधिकारीले भैँसीपालन तथा तरकारी खेतीसमेत गर्ने योजना बनाएका छन् । बोर जातको उन्नत बोकाबाट स्थानीय जातको बाख्रामा क्रस गराएर ब्याडका रूपमा बोका उत्पादन गरी बिक्री गर्दै आएको उनी बताउछन् ।
पाठो पाएपछि कम्तीमा तीन महिनापछि प्रतिकिलो रु ८०० मा बिक्री गर्ने गरेको उनले बताए । ब्याड बोकाको माग राम्रो रहेकाले पु¥याउन धौधौ हुने गरेको छ । उनले भने, “बोर जातको बाख्रा मासुका लागि छिटो बढ्ने हुँदा यसतर्फ किसानको आर्कषण बढ्दै गएको पाइन्छ ।”
स्थानीय जातको बाख्राको तुलनामा बोर जातको बाख्राको मासु दोब्बरले उत्पादन वृद्धि हुने हुँदा किसानले छोटो अवधिमा राम्रो मूल्य पाउन सक्नेछन् । शुरुशुरुमा प्रतिकिलो रु एक हजार १०० सम्म बिक्री गर्ने गरिए पनि अहिले रु आठ÷नौ सयमा बिक्री गर्दै आएको किसान अधिकारी बताउछन् । तीन महिनाको पाठापाठी १५ किलोभन्दा माथिका हुन्छन् । दूध छुटेपछि पनि करिब २० दिन पालेपछि बिक्री गर्न लायकका हुन्छन् ।
शुरुमा बन्दीपुर, नुवाकोटबाट ब्याड बोका ल्याइए पनि अहिले आफैँले उत्पादन गरेको र रुकुम, स्याङ्जा, लमजुङ, चितवनलगायतका स्थानमा किसानले किनेर लैजाने गरेका छन् । बोर जातको बाख्रामा रोगसँग लड्न सक्ने क्षमता बढी हुने, पाल्न सजिलो हुने र छिटो वृद्धि हुने भएकाले किसानको यसतर्फ आर्कषण बढ्न थालेको हो ।
नेपालमा भन्दा बहराइनमा धेरै गुणा राम्रो आम्दानी रहे पनि स्वदेशमा बसेर स्वतन्त्र तरिकाले काम गर्ने चाहना भएकाले आफूले पशुपालन तथा कृषि पेशा अँगालेको उनले बताए । आफ्नो र भाडामा गरी १२२ रोपनी क्षेत्रफलमा फार्म स्थापना गरिएको र करिब ३० रोपनी क्षेत्रफलमा विभिन्न जातका घाँस लगाइएको किसान अधिकारी बताउछन् । फार्ममा अधिकारी परिवारसहित अन्य तीन कामदारले काम गर्दै आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपोखरामा सवारी दुर्घटना हुँदा पोखरामा ८ चिनियाँ घाइते
बैशाख ६, २०८१ बिहिबार
गण्डकीमा सर्वोच्चको आदेश नटेर्ने एमालेको रणनीति
बैशाख ५, २०८१ बुधबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
कप्तान रोहित पनि आउट !
बैशाख ७, २०८१ शुक्रबार
के तपाई पदयात्रामा निस्किदै हुनुहुन्छ, कसरी गर्ने तयारी ?
बैशाख ७, २०८१ शुक्रबार
युएईविरुद्ध नेपालको खराब शुरुवात, दुवै ओपनर गुमायो
बैशाख ७, २०८१ शुक्रबार
काठमाडौंमा कक्षा १२ को परीक्षाका केन्द्रहरू स्वचालित विधिबाट तोकियो
बैशाख ७, २०८१ शुक्रबार
युएईविरुद्ध नेपालको खराब शुरुवात, पहिलो बलमा कुशल भुर्तेल आउट
बैशाख ७, २०८१ शुक्रबार
आइपिएलमा आज लखनउ सुपर जाइन्ट र चेन्नई सुपर किंग्सबीच खेल हुँदै
बैशाख ७, २०८१ शुक्रबार