देउवा र महन्थ आलोपालो प्रधानमन्त्री
नेपालबहस संवाददाता
बैशाख २९, २०७८ बुधबार १९:३२:१७
२९ बैशाख, काठमाडौं । नयाँ सरकार गठनको समयसीमा जति साँघुरिंदैछ प्रमुख राजनीतिक दलहरु त्यति नै तीब्रताका साथ विकल्पबारे छलफल गर्दैछन् । प्रधानमन्त्री केपी ओली गएको सोमबार प्रतिनिधिसभामा वहुमत गुमाएर पदमुक्त भएपछि बैकल्पिक सरकार बनाउन प्रतिपक्षी दलहरु सक्रिय भएपनि जनता समाजवादी दल भित्रको रडाकोले एउटा आकार लिन सकिरहेको छैन ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउन कसरत भइरहेको छ ,तर जसपा भित्रको रडाको व्यवस्थापन समस्याको जड बनेको छ । खासगरी महन्थ ठाकुर पक्षले देउवालाई प्रधानमन्त्री बनाउन रुचि नदेखाएपछि परिस्थिति गिजोलिएको छ । तर यसको मध्यमार्गी बाटो तय गर्न विपक्षी गठबन्धनका नेताहरु राजी भएको दाबी गरिएको छ ।
ओलीको राजबाट देशलाई मुक्त गर्न जस्तोसुकै सम्झौता गर्न विपक्षी दलका नेताहरु तयार रहेका छन् । त्यसैले अब जसपाको सग्लो समर्थन जुटाउन बीचको बाटो तय गर्न लागिएको स्रोतको भनाई छ । पछिल्लो समय ओली सरकार विस्थापन गर्न माओवादी अध्यक्ष प्रचण्ड सबैभन्दा बढी आतूर छन् । उनकै पहलमा जसपाको असन्तुष्टी व्यवस्थापनको चाँजोपाँजो मिलाइएको स्रोतले बतायो ।
अब विपक्षी गठबन्धनले देउवा र ठाकुरलाई आलोपालो प्रधानमन्त्री बनाएर प्रतिनिधिसभाको पूरै कार्यकाल सरकार चलाउने सहमति जुटाउने तयारी गरेको बुझिएको छ ।
प्रतिनिधिसभको बाँकी कार्यकाललाई दुई भागमा विभाजन गरी आधा आधा चलाउनेबारे छलफल सुरु भएको स्रोतले बतयो । पहिलो चरणमा कसलाई सरकारको नेतृत्व दिने र चुनावी सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा चाहिं सहमति जुटेको छैन ।
कांग्रेस सभापति देउवाले अहिले भन्दा चुनावी सरकारको नेतृत्व गर्न रुचि देखाएका छन् । तर सानो दल भएकाले महन्थले गर्ने चुनाव बढी स्वच्छ हुन सक्ने भन्दै जसपाले पछिल्लो खण्डको सरकारको नेतृत्वमा दाबी गरेको बुझिएको छ । यद्यपि यसबारे अन्तिम परिणाम भने आउन बाँकी नै छ । भोलि साँझसम्म ओलीको विकल्प दिन नसके फेरि पनि संसद विघटन गर्ने गरी ओलीले नै चुनाव गराउने अवस्था रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार