धवलागिरि अस्पतालमा श्यया छ तर भवन छैन्
नेपालबहस संवाददाता
बैशाख २९, २०७८ बुधबार १९:३४:३९
२९ वैशाख, बागलुङ । कोरोनाका बिरामीले श्यया पाउनै मुस्किल भइरहेका बेला धवलागिरि अस्पताललाई प्राप्त नयाँ श्यया प्रयोगमा नआई थन्किएका छन् । अस्पतालमा ठाउँ नै नभएपछि श्यया जडान हुन नसकेको हो ।
धवलागिरिलाई जनरल अस्पतालमा स्तरोन्नति गर्ने निर्णय गरेको गण्डकी प्रदेश सरकारले सय श्यया पठाएको छ । अस्पताल भवन नबन्दा श्यया व्यवस्थापन गर्न नसकिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवी रानामगरले बताए ।
विसं २०७० देखि निर्माण थालिएको अस्पतालको ‘सी’ ब्लक भवन अझै पूरा हुन सकेको छैन । “सरकारले श्यया त पठायो तर के गर्नु भवन नै बनेको छैन, यस्तो महामारीका बेला पनि श्यया स्टोरमा थन्काएर राख्नु परेको छ”, अध्यक्ष रानामगरले दुःखेसो व्यक्त गरे ।
उनका अनुसार निर्माण कम्पनीले आगामी असार १५ गतेको म्यादभित्र भवन हस्तान्तरण गर्ने बताए पनि अहिले कामको गति सुस्त छ । रु १० करोड छ लाख ६६ हजारमा आशिष मिलिनियम र भीम ज्योति जेभीले ‘सी’ ब्लक निर्माणको जिम्मा लिएको थियो ।
तोकिएको समयावधिमा भवन नबन्नुमा निर्माण कम्पनीले भूकम्प, नाकाबन्दी, बन्दाबन्दी आदिलाई कारण देखाउँदै आएको अस्पतालले जनाएको छ । तीन वर्षभित्रै निर्माण सम्पन्न गर्ने भनिए पनि पटक–पटक म्याद थप हुँदै आएको छ । “अहिले निर्माण कम्पनीका प्रतिनिधि पनि यहाँ छैनन्, सम्पर्क पनि हुँदैन, दुई÷चारजना कामदार भवनमा खटेको देखिन्छ”, अध्यक्ष रानामगरले भने, “यही तरिका हो भने चाँडै भवन बन्ने छाँटकाँट छैन ।”
राज्यका निकायले पनि श्ययालगायत स्वास्थ्य उपकरण, सामग्री पठाए पनि तिनको सञ्चालन र व्यवस्थापनमा चासो नदिएको उनको गुनासो छ । अस्पताल व्यवस्थापनले कोरोना महामारीको स्थितिलाई हेरेर तत्काललाई अस्पतालको छतमा ‘ट्रस्ट’ बनाउने योजना अघि सारेको छ । आइसोलेशनकक्ष विस्तार गर्ने उक्त योजनाका लागि प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयसँग बजेट माग गरिएको छ ।
‘ट्रस्ट’को संरचना बनेपछि सोही ठाउँमा नयाँ श्यया व्यवस्थापन गरेर कोरोना सङ्क्रमितको उपचार र स्याहार थालिनेछ । दैनिक रुपमा जटिल समस्या लिएर अस्पताल आउने कोरोनाका बिरामी बढ्न थालेपछि श्यया अभाव हुन थालेको छ । अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र विक पोखरेलले बिरामीको चाप बढेपछि २५ श्ययाको आइसोलेशनकक्षलाई ३५ श्ययामा पु¥याइएको छ । आइसोलेशनकक्ष कोरोना संक्रमितले भरिएको छ । यसरी नै जटिल प्रकारका बिरामी थपिँदै गए अस्पतालमा श्यया नै नपाउने स्थिति आउने प्रमुख चिकित्सक पोखरेलको भनाइ छ ।
“आइसोलेशनमा श्यया थप्न संरचनाकै अभाव छ, हामीसँग भएको स्रोत, साधनको अधिकतम उपयोग गरेर बिरामीको सेवामा दिनरात नभनी खटिएका छौँ”, उनले भने । प्रदेश सरकाले दुई सय श्ययाको जनरल अस्पताल बनाउने घोषणा गरे पनि त्यस अनुरुप पूर्वाधार तयारी र व्यवस्थापन हुन सकेको छैन । महामारीका बेला चिकित्सकीय सेवा पनि न्यून जनशक्तिका भरमा छ । दुई विशेषज्ञ चिकित्सक, चार मेडिकल अधिकृत र दश नर्स बिरामीको उपचारमा तल्लीन छन् । महामारीसँग जुध्न तत्कालै जनशक्ति, उपकरण र पूर्वाधार थप्नुपर्ने आवश्यकता छ ।
कोरोनाका गम्भीर बिरामी बढ्दै जान थालेपछि अस्पतालको अक्सिजन प्लान्टले धान्न नसक्ने स्थिति छ । दैनिक पोखराबाट सिलिन्डरमा अक्सिजन भरेर ल्याउनु परिरहेको अस्पतालले जनाएको छ । संक्रमितलाई ‘हाइ फ्लो’ अक्सिजन दिएर उपचार गर्नुपर्ने भएकाले अक्सिजनको खपत बढेको हो ।
अस्पतालमा तीन श्ययाको सघन उपचार कक्ष ९आइसियु० र दुई भेन्टिलेटरसहितका श्यया छन् । गम्भीर प्रकृतिका बिरामी बढ्दै जाँदा ‘आइसियु’को पनि अभाव हुने देखिएको प्रमुख चिकित्सक पोखरेलले बताए । अहिले ‘आइसियू’ मा तीन र आइसोलेशनकक्षमा २७ संक्रमितको उपचार भइरहेको छ ।
जिल्लामा दैनिक कोरोना पुष्टि हुनेको सङ्ख्या बढिरहेको छ । मङ्गलबार मात्र १०६ सङ्क्रमित थपिएका थिए । गाउँगाउँसम्म संक्रमण फैलिएको छ । महामारी बढ्दै जाँदा बिरामीको उपचार र व्यवस्थापनमा चुनौती थपिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजेलबाट अस्पताल पुर्याइएका रायमाझीको मुटुको चाल कम
चैत १५, २०८० बिहिबार
दुर्गा प्रसाईंको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्चको आदेश, रिट जारी
चैत १२, २०८० सोमबार
चुनौती बन्दै क्षयरोग, नेपालमा ७० हजार बढी विरामी
चैत ११, २०८० आइतबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार
क्रिप्टो संस्थापक ब्याङ्म्यान–फ्राइडलाई २५ वर्ष जेल सजाय
चैत १६, २०८० शुक्रबार
अन्तर्राष्ट्रिय अदालतद्वारा गाजामा निर्बाध सहायता अनुमति दिन आदेश
चैत १६, २०८० शुक्रबार
सुदूरपश्चिम सरकारबाट नबाहिरए दलका नेता चौधरीलाई कारवाही गर्ने रञ्जिताको चेतावनी
चैत १६, २०८० शुक्रबार
आगामी वर्षको बजेट लेख्न अर्थ मन्त्रालयले बनायो समिति
चैत १६, २०८० शुक्रबार
शुक्लाफाँटामा दुर्लभ मानिएको बाह्रसिङ्गाको गणना हुँदै
चैत १६, २०८० शुक्रबार