पत्रकार ढकाललाई कोभिड पत्रकार राहत कोषको सहयोग
नेपालबहस संवाददाता
बैशाख २९, २०७८ बुधबार २०:१:५७
२९ बैशाख, काठमाडौं । नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिले कोभिड–१९ दोस्रो लहरको उच्च जोखिमसँगै प्रदेश मातहतका जिल्ला शाखा आबद्ध अग्रमोर्चामा क्रियाशील पत्रकार लक्षित हुँदै स्थापना गरेको कोभिड पत्रकार राहत कोषको तर्फबाट हिजो २८ गते कोभिड संक्रमित पत्रकार हेमराज ढकाललाई रु १० हजार राहत रकम उपलब्ध गराएको छ ।
प्रदेश समितिका अध्यक्ष श्रीजन झा, सचिव रोसनराज पाण्डेको उपस्थितिमा समितिका कोषाध्यक्ष अर्जुन पन्तले महासंघ भक्तपुर शाखाका अध्यक्ष जगत प्रजापतिमार्फत राहत वितरण कार्यविधि अनुरुप शाखा समितिका सहसचिव समेत रहेका पत्रकार ढकाललाई उक्त रकम हस्तान्तरण गरेको हो । त्यसअवसरमा प्रदेश समितिले अध्यक्ष प्रजापतिलाई मास्क समेत उलब्ध गराएको थियो ।
पत्रकार ढकाल पछिल्लो समय कोभिड संक्रमित भई मध्यपुर ठिमी अस्पतालको आईसीयुमा उपचारपछि संक्रमण मुक्त भएको महासंघ भक्तपुरले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबालेनले राखेको बोर्ड कसले हटायो ?
चैत १४, २०८० बुधबार
उच्च रक्तचाप र मधुमेहका बिरामीलाई नगरपालिकाद्वारा आर्थिक सहयोग
चैत १३, २०८० मंगलबार
आजदेखि चितवनमा आदिवासी जनजाति सांस्कृतिक महोत्सव सुरु
चैत ९, २०८० शुक्रबार
उत्तरी इलेनोइसमा छुरा प्रहार, ४ जनाको मृत्यु
चैत १५, २०८० बिहिबार
बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय थपियो
चैत १५, २०८० बिहिबार
राष्ट्रिय सभाकी उपाध्यक्ष अर्यालले बुझाइन राजीनामा
चैत १५, २०८० बिहिबार
घोप्टेभिरमा सडक ढलान गरिँदै
चैत १५, २०८० बिहिबार
केजरीवाललाई मुख्यमन्त्रीबाट हटाउने रिट अदालतद्वारा खारेज
चैत १५, २०८० बिहिबार
लम्साल, शर्मा र पौड्यालमध्ये को होला सचिवमा बढुवा ?
चैत १५, २०८० बिहिबार