जसपा र जनमोर्चा ओलीका सहयात्री
नेपालबहस संवाददाता
बैशाख २९, २०७८ बुधबार २०:१८:४१
२९ बैशाख, काठमाडौं । सत्ता राजनीतिको साँचो बोकेर बसेका दलहरु भित्रको अनुशासन र मनपरितन्त्रले संघ र प्रदेश तहका सरकारको भविष्य अनिश्चयतर्फ धकेलिएको छन् । प्रधानमन्त्री केपी ओली संसद्मा विश्वासको मत नपाएर पदमुक्त भएपनि वैकल्पिक सरकार निर्माण गर्न जनता समाजवादी पार्टीको एउटा पक्षले हलो अड्काइदिएको छ । यस्तै गण्डकी प्रदेशमा पनि राष्ट्रिय जनमोर्चा नेपालका एकजना सांसद्ले पार्टी ह्वीपको अवज्ञा गर्दा नयाँ सरकार बन्न नसक्ने अवस्था निर्माण भएको छ ।
जसपाको महन्थ – राजेन्द्र समूहको जिद्धीले गर्दा ओलीको विकल्प दिन विपक्षी दलहरु अक्षम भएका छन् । यद्यपि महन्थ ठाकुरलाई नै प्रधानमन्त्री बनाएर भएपनि ओलीतन्त्रबाट देशलाई मुक्त गर्ने प्रयास भने जारी छ । राष्ट्रपतिले भोलि साँझ ९ बजेसम्मका लागि वैकल्पिक सरकार बनाउने समयसीमा तोकेकी छन् ।
उता, गण्डकी प्रदेशमा जनमोर्चाका एक जना सांसद कृष्ण थापाले हस्ताक्षर नगर्दा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको विकल्प दिन नसकिने अवस्था सिर्जना भएको छ ।जनमोर्चाका केन्द्रीय महासचिव मनोज भट्ट स्वयं पोखरा गएर सांसद थापाको हस्ताक्षर लिने भरमग्दूर प्रयास गर्दासमेत सफलता पाएनन् । दिउँसो २ बजेसम्म हस्ताक्षर बुझाउँछु भन्ने सांसद थापा लुसुक्क बाग्लुङतिर हान्निएका छन् ।
फलामे अनुशासन हुने भनिएको जनमोर्चामा समेत यस्तो विकृति आएपछि नेपालको राजनीति अब हर्ष ट्रेडिङ तिरै मोडिएको बुझ्न गाह्रो छैन । त्यही भएर जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले आफ्ना सांसद विकेको भन्दै चिन्ता प्रकट गरेका छन् । उनले अनुशासन उल्लघंन गर्ने सांसद्लाई कारबाही गरिने बताएपनि सांसद थापाले त्यसलाई वास्ता गरेका छैनन् ।
बरु उल्टै उनले केन्द्रीय नेताहरु नै माओवादी र काँग्रेससँग पैसा खाएर यस्तो हरकत गरेको आरोप लगाउन थालेका छन् । राजनीतिक दलहरु अनुशासनमा नबस्ने प्रवृत्तिले देशको राजनीतिले कुन दिशा लिने हो भन्न कठिन छ । जसपा र जनमोर्चाको विकृत राजनीतिक प्रवृत्ति र सोचको अन्त्य नभएसम्म ओलीतन्त्रले अझै फँडा उठाउने अवस्था रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
नेपाली सेनाको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सम्पन्न
चैत १६, २०८० शुक्रबार
सवारी दुर्घटनाः सुदूरपश्चिममा साढे तीन वर्षमा ६ सय ७४ को मृत्यु
चैत १६, २०८० शुक्रबार
राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीन जना पक्राउ
चैत १६, २०८० शुक्रबार
सर्वोच्चले गरिदियो कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
चैत १६, २०८० शुक्रबार
आयरल्याण्ड वोल्भ्सविरुद्ध लोकेश बमको शतक
चैत १६, २०८० शुक्रबार
बागमती प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुने
चैत १६, २०८० शुक्रबार