शुक्रबार , असार ११, २०७८

उच्च शेयरमूल्य भएको जनउत्थान सामुदायिक लघुवित्तको कस्तो छ वित्तीय अवस्था ?

उच्च शेयरमूल्य भएको जनउत्थान सामुदायिक लघुवित्तको कस्तो छ वित्तीय अवस्था ?

२९ वैशाख, काठमाडौं । शेयरबजारमा उच्च शेयरमूल्य भएको जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको मुनाफा ९३ प्रतिशतले वृद्धि भएको छ ।

गत आवको तेस्रो त्रैमासमा १ करोड ८२ लाख १३ हजारमा मुनाफा गरेको उक्त कम्पनीले चालू आवको सोही अवधिमा ३ करोड ५१ लाख ६० हजार पुर्याएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

चालू आवको तेस्रो त्रैमासमा ब्याज आम्दानी,सञ्चालन नाफा २ करोड ६८ लाख खराब कर्जा उठाएकाले पनि कम्पनीको नाफामा वृद्धि भएको हो ।

गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा खुद ब्याज आम्दानी ५५ प्रतिशत र सञ्चालन नाफामा १२१ प्रतिशतले वृद्धि भएको छ । चुक्तापूँजी रू। ७ करोड ९२ लाख रहेको उक्त कम्पनीले जगेडामा रू। १२ करोड ६७ लाख २५ हजार गरेको छ ।

चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले १ अर्ब ३७ करोड ७२ लाख सापटि लिएर, ६६ करोड ३० लाख ७८ हजार निक्षेप संकलन गरेर १ अर्ब ९८ करोड ७८ लाख ८५ हजार कर्जा लगानी गरेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी ५९ दशमलव १९,मूल्य आम्दानी अनुपात ३९ दशमलव ३१,तरलता अनुपात शून्य दशमलव ५२ प्रतिशत र प्रतिशेयर नेटवर्थ  २६० दशमलव शून्य १ रहेको छ । हालसम्ममा कम्पनीले १९ ओटा जिल्लामा ३९ ओटा शाखा कार्यालयहरुबाट लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

वर्षाका कारण हुम्लामा ५ दिनदेखि हवाई सेवा अवरुद्ध वर्षाका कारण हुम्लामा ५ दिनदेखि हवाई सेवा अवरुद्ध ७ दिन पहिले
नेपालको अर्थतन्त्र पुनरुत्थानकालागि विश्व बैंकद्वारा १७ अर्ब ५५ करोड ऋण सहायता स्वीकृत नेपालको अर्थतन्त्र पुनरुत्थानकालागि विश्व बैंकद्वारा १७ अर्ब ५५ करोड ऋण सहायता स्वीकृत ७ दिन पहिले
मनकामना स्मार्ट लघुवित्तले करिब ४ करोडको आईपीओ असार १७ गतेदेखि बिक्री गर्दै मनकामना स्मार्ट लघुवित्तले करिब ४ करोडको आईपीओ असार १७ गतेदेखि बिक्री गर्दै २ दिन पहिले
मूल नेतृत्वमा देखिने अहंकार मूल नेतृत्वमा देखिने अहंकार ७ दिन पहिले
महालक्ष्मी मिसकल सेवा सञ्चालनमा, के के छन् सुविधा ? महालक्ष्मी मिसकल सेवा सञ्चालनमा, के के छन् सुविधा ? १ दिन पहिले
लागूऔषध दुरुपयोग तथा ओसारपसार विरुद्ध अन्तर्राष्ट्रिय दिवस तीन दिनसम्म मनाइने लागूऔषध दुरुपयोग तथा ओसारपसार विरुद्ध अन्तर्राष्ट्रिय दिवस तीन दिनसम्म मनाइने १ दिन पहिले
धारा ७६ (५) मा ह्वीप लाग्दैन : वरिष्ठ अधिवक्ता यादव धारा ७६ (५) मा ह्वीप लाग्दैन : वरिष्ठ अधिवक्ता यादव २ दिन पहिले
एघार महिनामा एक खर्ब २१ अर्ब बराबरको निर्यात, आयात कति ? एघार महिनामा एक खर्ब २१ अर्ब बराबरको निर्यात, आयात कति ? ५ घण्टा पहिले