ओलीबाट मुक्ति पाउन नेपाल पक्षको राजीनामा
नेपालबहस संवाददाता
बैशाख २९, २०७८ बुधबार २२:१९:५७
२९ बैशाख, काठमाडौं । अन्ततः मरता क्या न करता भन्ने हिन्दी कहावत नेकपा एमालेको झलनाथ–माधव पक्षका लागि वाध्यता आइलागेको छ । लामो छलफल र धैर्यपछि प्रत्यक्ष निर्वाचित २० जना सांसद्ले राजीनामा दिने निश्चय गरेका छन् । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी ओलीले जति गरेपनि सुनुवाई नगरेपछि विकल्पमा विपक्षी गठबन्धनको सरकार निर्माणमा सहज होस् भनेर राजिनामा गर्ने निश्कर्षमा उनीहरु पुगेका हुन् ।
ओलीलाई सच्चिने अन्तिम मौका दिंदासमेत वास्ता नगरेकाले यस्तो वाध्यकारी निर्णय लिनैपर्ने निचोड उनीहरुले निकालेका माधव नेपाल निकट एक सांसद्ले बताए । सकेसम्म आफूहरुले राजीनामा नै नगरी वैकल्पिक सरकार बनोस् भन्ने चाहेको तर जनता समाजवादी पार्टी भित्रको किचलोले गर्दा वाध्य भएको पनि उनले प्रष्ट पारे । जसपामा महन्थ ठाकुर पक्ष ओलीको विकल्प नखोज्ने कुरामा दृढ भएपछि ओलीको विकल्प नआउने भएकाले नेपाल पक्षले यस्तो निर्णय लिन लागेको हो ।
आज बसेको जसपा बैठकमा महन्थले आफ्नो अडान यथावत राखेका थिए । बैठकपछि उनी महतोलाई साथ लिएर बालुवाटार पुगेका थिए । त्यहाँ प्रधानमन्त्री ओलीलाई आफ्नो अडान यथावत रहेको जानकारी उनीहरुले दिएको स्रोतले बतायो । त्यसबारे प्रष्ट पार्न ओलीले नै राष्ट्रपतिसँग भेट्न सुझाएका थिए । सोही बमोजिम महन्थ र राजेन्द्र शीतल निवास पुगेर पार्टीले शेरबहादुर देउवालाई समर्थन नगरेको प्रष्ट पारेको स्रोतले जनायो ।
उपेन्द्र यादवले हस्ताक्षर गरेको पत्रको आधिकारिकता नरहने तर्क गर्दै महन्थले ओलीकै निरन्तरताका लागि आफ्नो सहयोग रहने धारणा राखेका थिए । त्यहाँबाट अहिले महन्थ र राजेन्द्रको जोडी पार्टी नेता डा. बाबुराम भट्टराईलाई भेट्न लागेका छन् । यो घटनाक्रमको जानकारी पाएपछि वाध्य भएर नै नेपाल पक्षले राजीनामा बुझाउने निश्चय गरेको बताइएको छ ।
राजीनामा गर्न तयार भएका नेताहरुमा नेपालका साथै खनाल, सुरेन्द्र पाण्डे, घनश्याम भूषाल, योगेश भट्टराई , गोकर्णराज विष्टलगायत रहेका छन् । यसबारे अन्तिम निर्णय गर्न हस्ताक्षर गर्ने सबैले नेता नेपाललाई अधिकार दिएका छन् । नेपालले अबको केही घण्टामा विकसित हुने घटनाक्रमका आधारमा राजीनामापत्र बुझाउने बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
प्रदेश सरकारमा संकट पार्दै वैकल्पिक गठबन्धन निर्माणमा नेकपा एसको प्रयास
बैशाख ४, २०८१ मंगलबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
नेपालबहस संवाददाता
बैशाख ६, २०८१ बिहिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा
बैशाख ८, २०८१ शनिबार
अब आन्तरिक कलह हट्नुपर्छ : नेतान्याहु
बैशाख ८, २०८१ शनिबार
सगरमाथा आरोहण उत्साहजनक : आरोहणबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व
बैशाख ८, २०८१ शनिबार
आगो निभाउन गएको दमकल दुर्घटना, ६ जना घाइते
बैशाख ८, २०८१ शनिबार
वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व संकलन
बैशाख ८, २०८१ शनिबार
भन्सार छलेर ल्याएका ५० लाखका कपडा र काजु बरामद
बैशाख ८, २०८१ शनिबार