मुख्यमन्त्रीमा पृथ्वीसुव्वा गुरुङ पुनः नियुक्त
नेपालबहस संवाददाता
बैशाख २९, २०७८ बिहिबार ०:१:३०
२९ बैशाख, पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता पृथ्वीसुव्वा गुरुङ पुनः नियुक्त भएका छन्। प्रदेश प्रमुख सीता पौडेलले उनलाई आज बुधबार मुख्यमन्त्री नियुक्त गरेकी हुन्। गुरुङ मुख्यमन्त्रीको रुपमा पद तथा गोपनियताको शपथ ग्रहण गर्न प्रदेश प्रमुखको निवासमा पुगेका छन्।
प्रदेश प्रमुख पौडेलले प्रदेश सभाको सबैभन्दा ठूलो दल एमालेलाई अल्पमतको सरकार गठन गर्न आह्वान गरेपछि गुरुङ दोश्रो पटक मुख्यमन्त्री बनेका हुन्। मुख्यमन्त्रीबाट गुरुङले राजीनामा दिएपछि प्रदेश प्रमुख पौडेलले २६ गते दिउँसो ४ बजे ७२ घण्टाको समय दिँदै बहुमतको सरकार गठनका लागि दलहरुलाई आह्वान गरेकी थिइन्।
यो अवधिमा बहुमतको सरकार बनाउन कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले प्रयास गरे पनि जनमोर्चाका कृष्ण थापा र खिमबिक्रम शाहीले साथ नदिएपछि उनको मुख्यमन्त्री बन्ने सपना साकार हुन पाएन। यद्यपि, नेपालीलाई नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीको समर्थन थियो। अल्पमतको भएका कारण मुख्यमन्त्री गुरुङले एक महिनाभित्रमा प्रदेश सभाबाट विश्वासको मत लिनु पर्नेछ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
प्रदेश सरकारमा संकट पार्दै वैकल्पिक गठबन्धन निर्माणमा नेकपा एसको प्रयास
बैशाख ४, २०८१ मंगलबार
सत्ता गठबन्धनमा नेकपा एसको काउण्टर अट्याक, के होला उपनिर्वाचनपछि सरकारको अवस्था ?
बैशाख ३, २०८१ सोमबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
बैशाख ५, २०८१ बुधबार
सुदूरपश्चिमको मुख्यमन्त्रीमा दीर्घ सोडारीलाई समर्थन दिनेबारे एमाले अझै मौन
बैशाख ६, २०८१ बिहिबार
एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न
बैशाख ५, २०८१ बुधबार
कोशीमा झन गरिँदैछ राजनीतिक संकट
बैशाख ५, २०८१ बुधबार
जसपाको महाधिवेशन एकताको प्रथम राष्ट्रिय महाधिवेशन हुने
बैशाख ५, २०८१ बुधबार
इजरायल र हमासबीचको युद्धको प्रभाव गुगल अफिसमा, किन हुदैछ प्रदर्शन ?
बैशाख ५, २०८१ बुधबार
गण्डकीमा सर्वोच्चको आदेश नटेर्ने एमालेको रणनीति
बैशाख ५, २०८१ बुधबार