स्याङ्जामा जेठ १५ गतेसम्मका लागि निषेधाज्ञा बढाइने
नेपालबहस संवाददाता
बैशाख २९, २०७८ बिहिबार १:६:४९
२९ बैशाख, काठमाडौं । स्याङ्जामा जेठ १५ गतेसम्मका लागि निषेधाज्ञा बढाउने निर्णय भएको छ । बैशाख २१ गतदेखि जारी भएको निषेधाज्ञालाई समय थप गरि जेठ १५ सम्म थप गरिएको जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जनाएको छ । स्याङ्जामा कोरोना संक्रमणको दोस्रो लहर शुरु भएपछि कोरोनाबाट मृत्यु हुने संख्या १८ पुगेको हाे ।
जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जाले १३ जना पुरुष र ५ जना महिलाको संक्रमणबाट मृत्यु भएको जनाएको छ । जिल्लामा ६ सय २८ संक्रमित रहेका छन् । थप गरिएको निषेधाज्ञालाई कडाईका साथ लागु गरिने भएको छ ।
औषधीजन्य सामग्री बाहेक खाद्यान्नजन्य सामग्री खरिदका लागि बिहान ५ बजेदेखि ९ बजेसम्म मात्रै खुल्ला राखिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिए । अत्यावश्यक काममा बाहेक घरबाट ननिस्कन समेत प्रशासनले आग्रह गरेको छ ।
निषेधाज्ञामा राजश्व संकलन, विपद व्यवस्थापन र सरकारी कामकाजका लागि बाहेक बैंकिङ सेवा समेत पूर्ण रुपमा बन्द गरिने भएको छ । बैकिङ सेवा बन्द भएपनि एटिएम सेवा भने सुचारु राखिने छ । थप गरिएको निषेधाज्ञालाई कडाईका साथ लागु गरिने भएको छ ।
औषधीजन्य सामग्री बाहेक खाद्यान्नजन्य सामग्री खरिदका लागि बिहान ५ बजेदेखि ९ बजेसम्म मात्रै खुल्ला राखिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिए ।
अत्यावश्यक काममा बाहेक घरबाट ननिस्कन समेत प्रशासनले आग्रह गरेको छ । यसअघिको निषेधाज्ञा बैशाख २१ देखि ३१ गतेसम्म जारी भएको निषेधाज्ञा जेठ १५ सम्म थपिएको हो । स्याङ्जामा कोरोना संक्रमण दर बढेसँगै निषेधाज्ञाको समय थप गरिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपत्रिपालको ओतमुनि तातोपानी कुण्ड : बिरामीलाई सास्ती
बैशाख १२, २०८१ बुधबार
उपभोक्ता हितसंरक्षणमा स्याङ्जा प्रशासनले बढायो निगरानी
बैशाख १२, २०८१ बुधबार
‘गोरखा भूकम्प’ स्मृति दिवसका अवसरमा आज सार्वजनिक बिदा
बैशाख १२, २०८१ बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
ट्राफिक प्रहरी र यातायातको सेटिङमा १५ हजारमै पाइन्छ ड्राइभिंङ लाइसेन्स
बैशाख १२, २०८१ बुधबार
मटिहानीमा आगोले बस्ती नै सखाप, ११० घर जले
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार
त्रिविका कानुनी सल्लाहकार खनाललाई कारबाही नगर्न आदेश
बैशाख १२, २०८१ बुधबार
सूर्य नेपाल काठमाडौं ओपनको दोस्रो दिन दिनेश र भुवन शीर्षस्थानमा
बैशाख १२, २०८१ बुधबार
गोरखा भूकम्पको ९ वर्ष : पीडित अझै अस्थायी टहरामा
बैशाख १२, २०८१ बुधबार