गण्डकीका मुख्यमन्त्री गुरुङले लिए शपथ
नेपालबहस संवाददाता
बैशाख २९, २०७८ बिहिबार १:५०:५५
२९ बैशाख, पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा दोस्रो पटक नियुक्त भएका पृथ्वीसुव्वा गुरुङले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्। पोखराको सिमलचौरस्थित प्रदेश प्रमुखको निवासमा उनले आज साँझ शपथ ग्रहण गरेका हुन्।
प्रदेश प्रमुख सीता पौडेलले गुरुङलाई आजै मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन्। गुरुङ मुख्यमन्त्रीमा नियुक्त हुनुभन्दा अघि नेपाली कांग्रेसको नेतृत्वमा रहेको विपक्षी गठबन्धनले कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्रीमा समर्थन गर्दै प्रदेश प्रमुख समक्ष दावी पेश गरेको थियो।
पोखरेलले दावी पेश गरेलगत्तै गठबन्धनमा सामेल भएको भनिएको राष्ट्रिय जनमोर्चाका सांसद खिमबिक्रम शाहीले आफू तटस्थ बसेको भन्दै विज्ञप्ति जारी गरेका थिए। उनले तटस्थ बसेको घोषणा गरे लगत्तै मुख्यमन्त्रीमा कृष्णचन्द्रको दावी अनुसार बहुमत नपुग्ने भएकाले प्रदेश प्रमुखले संसदमा रहेको सबैभन्दा ठूलो दलको हैसियतमा पृथ्वी सुव्वा गुरुङलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपर्वतका ७० वनमा डढेलो, एक हजार चार सय हेक्टर जङ्गल नष्ट
बैशाख १३, २०८१ बिहिबार
मनाङको नाम्के खर्कबाट यार्सागुम्बा संकलन सुरु
बैशाख १३, २०८१ बिहिबार
त्रिपालको ओतमुनि तातोपानी कुण्ड : बिरामीलाई सास्ती
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार