प्राथमिक अस्पताललाई कोभीड शैया हस्तान्तरण
नेपालबहस संवाददाता
बैशाख २९, २०७८ बिहिबार ३:५०:४६
२९ बैशाख, वालिङ । वालिङस्थित गह्राैं प्राथमिक अस्पताललाई यहाँका सहकारी तथा संघ संस्थाहरुले शैया हस्तान्तरण गरेका छन् ।
विश्वब्यापी महामारीकोरुपमा द्रूत गतिमा फैलिरहेको कोभिड १९ को सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि अस्पतालमा निर्माणाधिन आईसोलेसन कक्षका लागि शैया हस्तान्तरण गरेका हुन् ।
‘एक संस्था एक शैया’ हस्तान्तरण अभियान अन्तर्गत यहाँका १८ सहकारी तथा संघ संस्थाद्वारा सामूहिकरुपमा अस्पताललाई १८ शैया हस्तान्तरण गरेका हुन् ।महामारीकोरुपमा फैलिएको कोभिडको रोकथामका लागि नगरपालिकाले जनस्वास्थ्य विपद अवस्थाको घोषणा गरी नियन्त्रणलाई अगाडि बढाईरहेका बेला विभिन्न संघ संस्था तथा सहकारीहरुद्वारा प्राप्त सहयोगप्रति नगरप्रमुख दिलिपप्रताप खाँणले आभार ब्यक्त गरेका छन् ।
“कोभिड रोकथाम तथा नियन्त्रणका लागि नगरपालिकाले आईसोलेसन कक्ष निर्माण गरिरहेको हुँदा ईच्छुक संघ संस्था तथा ब्यक्तिहरुलाई सहयोगका लागि आब्हान ग¥यौं” नगर प्रमुख खाँणले भने, “नगरपालिकाले गरेको आब्हानलाई स्वीकार गर्दै वालिङस्थित सहकारीहरु तथा संघ संस्थाहरुद्वारा आधुनिक शैया उपलब्ध गराउनुभएको छ ।”
सहकारी तथा संघ संस्थाहरुले उपलब्ध गराएको शैयाहरुको सही सदुपयोग गर्दै सङ्क्रमितहरुको उपचार कक्षमा प्रयोग गर्ने उपप्रमुख कल्पना तिवारीले बताइन् ।
उनले अस्पतालमा आईसोलेसन निर्माण कार्य अन्तिम चरणमा पुगेको बताइन् । सङ्क्रमितको अवस्था हेरी अन्य स्थानहरुमा पनि आईसोलेसन कक्ष सञ्चालन गर्ने प्रक्रियामा रहेको जानकारी दिइन् ।
सङ्क्रमणका बेला सहकारीहरुले नागरिकहरुको जीवनरक्षाका लागि सहयोग पुगोस् भन्ने हेतुले अस्पताललाई शैया उपलब्ध गराएको समन्वयकारी भूमिका खेल्नुभएका जिल्ला बचत तथा ऋण सहकारी संघका लेखा समिति संयोजक मुक्तिप्रसाद पाण्डेले बताए ।
“सहकारीहरुले विपदका समयमा मानवीयतालाई अगाडि सारेर अग्रपंक्तिमा रहेर काम गर्नुपर्छ भन्ने मान्यताले समन्वय र सहकार्य ग¥यौं” पाण्डेले भने, “ईच्छुक सहकारीहरुबीच छलफल ग¥यौं र शैया उपलब्ध गराउने निर्णय गरी हस्तान्तरण गरेका हौं ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचैते झरीले बाटो हिलाम्य, ३० मिनेटको दूरीलाई चार घण्टा
चैत १६, २०८० शुक्रबार
एसइईमा गण्डकीबाट ४० हजार बढी विद्यार्थी सहभागी
चैत १५, २०८० बिहिबार
म्याग्दीका भिर पहरामा मह सिकार सुरु
चैत १४, २०८० बुधबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
सिराहामा बाहिरियो नेपाली विषयको प्रश्न पत्र
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार
क्रिप्टो संस्थापक ब्याङ्म्यान–फ्राइडलाई २५ वर्ष जेल सजाय
चैत १६, २०८० शुक्रबार
अन्तर्राष्ट्रिय अदालतद्वारा गाजामा निर्बाध सहायता अनुमति दिन आदेश
चैत १६, २०८० शुक्रबार