गजबको उपाय: गोबर दलेर कोरोना भगाउने कोसिस !
नेपालबहस संवाददाता
बैशाख ३०, २०७८ बिहिबार १५:५३:१६
३० बैशाख, एजेन्सी । कोरोना भाइरसका कारण हाल विश्वभर तनावमा छ । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसका कारण विश्वभर स्वास्थ्य संकटकाल घोषणा गरेको छ। विश्वभरका वैज्ञानिकहरु यस भाइरसको संक्रमणबाट बच्न र यसको उपचार खोज्न दिन रात कसरत गरिरहेका छन्।
यसैबीच भारतका एक स्वामीले यस भाइरसबाट बच्न एक आश्चर्यजनक उपाय बताएका छन्। उनको उपाय हो, गोबर दलेर कोरोना भगाउने कोसिस ! उनले यस भाइरसबाट बच्न शरीरमा गौ मुत्र अर्थात् गाईको पिसाब र गोबर दल्ने सल्लाह दिएका छन्।
यस्तो गजबको उपाय दिने भारतका स्वामी चक्रपाणि महाराज हुन्। उनी हिन्दू महासभाका अध्यक्ष हुन्। भारतमा आयोजित एक कार्यक्रममा उनले कोरोना भाइरससँग लड्न शरीरमा गाईको पिसाब तथा गोबर दल्ने उपाए बताएका हुन्।
तेसो त भारत यतिबेला कोरोना महामारीको चपेटामा छ । दुई डोज खोप लगाएकाहरु समेत कोरोना संक्रमणबाट ग्रस्त छन, ज्यान गुमाएका छन् । यस्तो बेला भारतकै गुजरात राज्यको अहमदाबादको एउटा बिद्यालयमा भने गाउँलेहरु भेला भई धमाधम गाईको गोबर र पिसाव दलेर कोरोना भगाउने कोसिसमा छन् ।
समाचार संस्था रोयटरले कभर गरेको यो भिडियो यतिबेला विश्वभर भाइरल भइरहेको छ । श्री स्वामीनारायण गुरुकुल बिद्यालयमा स्थानीयहरु हप्ताको एक दिन भेला हुन्छन, गौमुत्र र गोबर मिसाएर घोल बनाउँछन र लाइन बसेर जीउभरी गोबरको घोल दल्छन् । गोबर दलेपछि यो समूहले गाइलाई पुजा गर्छन र योगा पनि गर्छन् ।
गौमुत्र र गोबरबाट कोरोना प्रतिरोधी क्षमता बढ्ने भन्दै भारतीय गाउँहरुमा यसको प्रयोग भइरहेका घटनाहरु बाहिर आएका छन् । उत्तर प्रदेशका भारतीय जनता पार्टीका एक सांसदले गौमुत्र पिएर आफुलाई अहिलेसम्म कोरोना नलागेको दाबी गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप१४ तल्ले भवन भित्र बसेको अमेरिकाको एउटा शहर !
बैशाख १२, २०८१ बुधबार
ऋण लिन महिलाले शवलाई बैंकमा लिएर गएपछि...
बैशाख ६, २०८१ बिहिबार
विश्वको सबैभन्दा अग्लो घन्टाघर, ६ किमी टाढैबाट सकिन्छ समय हेर्न
चैत ३०, २०८० शुक्रबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कालिकोटको महावैका तत्कालीन गाउँपालिका उपाध्यक्षसहित ९ जनाविरुद्ध मुद्धा दायर
बैशाख १३, २०८१ बिहिबार
रुसद्वारा पोल्याण्डका नेटो आणविक केन्द्रहरू सैन्य लक्ष्य बन्न सक्ने चेतावनी
बैशाख १३, २०८१ बिहिबार
केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु
बैशाख १३, २०८१ बिहिबार
चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीद्वारा गर्मीलाई दोष
बैशाख १३, २०८१ बिहिबार