भरतपुर अस्पतालमा स्वास्थ्य सामग्रीको अभाव
नेपालबहस संवाददाता
बैशाख ३०, २०७८ बिहिबार १६:७:४
३० वैशाख,चितवन । भरतपुर अस्पतालले कोभिड उपचारका लागि शय्या थप गरेपछि स्वास्थ्य सामग्रीको अभाव हुने भएको छ । अक्सिजन, मास्क, पिपिइलगायतका स्वास्थ्य सामग्रीको अभाव हुने भएको हो ।
अस्पतालले हालै शय्या र जनशक्ति थप गरेको छ । थप शय्याका लागि आवश्यक पर्ने सामग्री कमी हुने भएको हो । अस्पतालले एक सूचना प्रकाशित गर्दै कोभिड संक्रमितका लागि छुट्याइएको शय्या सङ्ख्याभन्दा बढी सङ्ख्यामा बिरामीको उपचार गर्नु परेकाले सामग्रीको कमी हुँदै गइरहेको जनाएको छ । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. जगन्नाथ तिवारीद्वारा जारी सूचनामा भनिएको छ, “बढी सङ्ख्यामा संक्रमितको उपचार गर्नु परेको, आइसियू, एचडियु, भेन्टिलेटर एवं उच्च मात्राको अक्सिजन आवश्यक पर्ने बिरामीको सङ्ख्या अत्यधिक रहेकाले संक्रमित बिरामीको उपचारमा प्रयोग गरिने सुरक्षा सामग्रीको मौज्दातमा समेत कमी हुँदै गइरहेको छ ।”
विगतमा कोभिडका लागि छुट्याइएको शय्याका लागि एक महिनाको मौज्दात रहेको भए पनि शय्या थप गरेपछि त्यसले नधान्ने तिवारीले बताए । उनले बोलपत्र प्रक्रियाबाट खरिद गर्दा पनि एक महिनाभन्दा बढी समय लाग्ने भएकाले सामग्री कमी हुने देखिएको बताए । सामग्री अभाव हुँदै जाँदा संक्रमितको उपचार व्यवस्थापन थप कठिन हुँदै गइरहेको अस्पतालले जनाएको छ । हाल पीपीइ र मास्क दैनिक १०० थान आवश्यक परेको छ भने शय्या थप भएसँगै यो सङ्ख्या पनि बढेर जानेछ ।
अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले तत्कालका लागि सामग्री अभाव हुने भएपछि निजी क्षेत्रलाई सहयोगका लागि आह्वान गरिएको बताए । उनले न्यून आए भएका संक्रमितहरुको सहज उपचारका लागि सहयोग गरिदिन समेत आग्रह गरे । उनले भने, “कोरोनाको पहिलो लहरको समयमा झैँ अत्यावश्यक सामाग्री भरतपुर अस्पताललाई सहयोग गरिदिन म अपिल गर्दछु ।”
अस्पतालमा धेरै भिडभाड हुँदा संक्रमणको जोखिम बढी हुने भएकाले अति आवश्यक अवस्थामा मात्र अस्पताल आउनसमेत अनुरोध गरिएको छ । अत्यावश्यक काममा बाहेक घरबाहिर ननिस्कन र जथाभावी हिँडडुल नगर्न पनि मेसु तिवारीले अनुरोध गरेका छन् । उनले सरकारद्वारा जारी स्वास्थ्य सुरक्षा र स्थानीय प्रशासनद्वारा जारी निषेधाज्ञालाई पूर्णरूपमा पालना गर्न पनि अनुरोध गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वास्थ्यमन्त्री यादवले एक तह मुनिका प्रमोदलाई बनाए राष्ट्रिय ट्रमा सेन्टरको मेसु
बैशाख ७, २०८१ शुक्रबार
दमौली अस्पतालमा १२ घण्टा ओपीडी सेवा सञ्चालन गर्ने
बैशाख ६, २०८१ बिहिबार
बेनी अस्पतालमा अर्थोपेडिक सेवा सुरु
बैशाख ३, २०८१ सोमबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार
मस्कको सुझाव - रकेट एकअर्कामा होइन, ताराहरुमा पठाऊ !
बैशाख ७, २०८१ शुक्रबार
आमजनतामा सूचना प्रविधिको पहुँच बिस्तार आवश्यकः मन्त्री शर्मा
बैशाख ७, २०८१ शुक्रबार