बिरामी भर्ना नलिने अस्पतालको भनाइप्रति प्रशासनको ध्यानाकर्षण
नेपालबहस संवाददाता
बैशाख ३०, २०७८ बिहिबार १६:२७:५
३० वैशाख,काठमाडौं । काठमाडौँ प्रशासनले कोभिड–१९ संक्रमण तीव्र फैलिरहेको अवस्थामा सबै पक्ष जिम्मेवार भएर अघि बढ्नुपर्ने भन्दै ध्यानाकर्षण गराएको छ ।
विभिन्न अस्पतालले अक्सिजन अभावको कारण देखाई बिरामीलाई अस्पतालमा भर्ना गर्न नसकिने तथा भर्ना भएका बिरामीलाई समेत उपचार गर्न नसकिने भन्दै सार्वजनिक सूचना जारी गरिरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै प्रशासनले मानवीय संवेदनशीलतामा ध्यान दिन आग्रह गरेको छ ।
वर्तमान परिस्थितिमा संक्रमण नियन्त्रणका लागि अस्पताल, औषधि तथा अक्सिजनको व्यवस्थापनमा सबै पक्ष क्रियाशील भइरहेको जानकारी गराउँदै अक्सिजनको अभावलाई पूर्ति गर्न सबै पक्षबाट भइरहेको प्रयासलाई नजरअन्दाज गर्दै सार्वजनिक सूचनाका नाममा सर्वसाधारण जनतामा त्रास फैलाउने कार्य नगर्न पनि प्रशासनले अनुरोध गरेको छ ।
यस्ता गतिविधिले आम नागरिकमा समेत असर पर्ने हुँदा यस्तो संवेदनशील अवस्थामा सबै पक्ष जिमेवार भई कोभिड–१९ संक्रमण नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइएको छ । “यस्तो अवस्थामा मानवीय संवेदनशीलतालाई बुझी आआफ्नो पक्षबाट सकारात्मक भूमिका निर्वाहका लागि समेत सार्वजनिक ध्यानाकर्षण गरिएको छ”, प्रशासन कार्यालयद्वारा बुधबार राति जारी विज्ञप्तिमा उल्लेख ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहानगरका महिला जनप्रतिनिधि र कर्मचारीको क्यान्सर जाँच शिविर
बैशाख ४, २०८१ मंगलबार
वैशाख १९ गतेदेखि कामपाले एक महिने ‘सीप मेला’ आयोजन गर्ने
बैशाख ४, २०८१ मंगलबार
वन्यजन्तु सप्ताहः सामुदायिक वनमा चरा अवलोकन
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न
बैशाख ५, २०८१ बुधबार
कोशीमा झन गरिँदैछ राजनीतिक संकट
बैशाख ५, २०८१ बुधबार
जसपाको महाधिवेशन एकताको प्रथम राष्ट्रिय महाधिवेशन हुने
बैशाख ५, २०८१ बुधबार
इजरायल र हमासबीचको युद्धको प्रभाव गुगल अफिसमा, किन हुदैछ प्रदर्शन ?
बैशाख ५, २०८१ बुधबार
गण्डकीमा सर्वोच्चको आदेश नटेर्ने एमालेको रणनीति
बैशाख ५, २०८१ बुधबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार