बन्ला त बैकल्पिक सरकार ?
नेपालबहस संवाददाता
बैशाख ३०, २०७८ बिहिबार १६:५९:२६
३० वैशाख, काठमाडौं । आज साँझ ९ बजेसम्म वैकल्पिक सरकार गठन गर्न राष्ट्रपतिले समयसीमा तोकेपनि त्यसको स्पष्ट आधार र चित्र भने देखिएको छैन । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अगुवाईमा नयाँ सरकार बनाउन माओवादी केन्द्र र जनता समाजवादी पार्टी उपेन्द्र–बाबुराम पक्ष सकृय छन् । तर जसपाकै महन्थ–राजेन्द्र पक्षको असहयोगका कारण त्यस्तो सम्भावना दुर बन्दैछ ।
जसपा भित्रको मतमतान्तर अन्त्य गरी एकल धारणा बनाउन अहिले शीर्ष नेताहरुको बैठक बस्दैछ । बैठकमा डा. बाबुराम भट्टराईले हिजो सार्वजनिक गरेकै लाइनमा सरकार गठन गर्ने प्रस्तावमाथि छलफल हुने बताइएको छ ।
नेपाली कांग्रेसको समेत भावनालाई सम्मान गर्दै कांग्रेस–जसपाबीच आलोपालो प्रधानमन्त्री बनाउने गरी छलफल हुने स्रोतले बताएको छ ।
प्रतिनिधिसभाको बाँकी कार्यकालमा कांग्रेस सभापति देउवा र जसपा अध्यक्ष ठाकुर आधा आधा प्रधानमन्त्री रहने गरी सरकार चलाउने विषयमा छलफल केन्द्रित हुने बताइएको छ । यो प्रस्तावमा ठाकुर पक्ष सहमत भयो भने तत्कालै तीन दल बसेर निर्णय गरी राष्ट्रपति समक्ष लैजाने बुझिएको छ ।
तर महन्थ ठाकुर पक्षले यो प्रस्ताव समेत अस्वीकार गर्ने सम्भावना देखिएको छ । अर्काे उपाय भनेको नेकपा एमालेको माधव नेपाल पक्षको सामूहिक राजीनामा नै हो । ओलीलाई विस्थापन गर्ने हो भने यी नै दुई उपाय रहेका छन् ।
नेपाल पक्ष पनि पहिला जसपाको सिंगो निर्णय आओस् भनेर कुरिरहेको छ । जसपाले सग्लो निर्णय गरेर ओलीको विकल्प दिने अवस्था आयो भने नेपाल पक्षले राजीनामा रोक्ने भएको छ । नत्र आफू पक्षका २० सांसद्को सामूहिक राजीनामा संसद् सचिवालयमा बुझाउने उनको तयारी रहेको छ ।
जसपाको निर्णय मात्रै कुरेका हौं , नत्र हामी त राजीनामा गर्न तम्तयार छौं–नेपाल पक्षीय सांसद झपट रावलले बताए । तर ओली पक्ष भने नेपाल पक्षीय सांसद्हरुको राजीनामा जसरी भएपनि रोक्ने निश्कर्षमा पुगेका छन् । यस प्रयोजनका लागि ओलीले आज बिहानै अर्थमन्त्री विष्णु पौडेललाई कोटेश्वरस्थित नेपाल निवास पठाएका थिए ।
त्यस लगत्तै नेकपा एमाले आली पक्षीय स्थायी कमिटी बैठक बसिरहेको छ । नेपालले भने ओलीले आफूहरुलाई अल्मल्याउन मात्र यस्तो चाल चलेको बुझेका छन् । त्यसैले आज अपरान्ह् १२ बजेसम्म एउटा टुंगो लगाउने उनको मनस्थिति रहेको बुझिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता समीकरणः एमालेको साथ माओवादीलाई गलपासो, समाजवादी मोर्चाप्रति ओली संकिर्ण
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
खोटाङमा आगलागीबाट ७९ घर जले, एकको मृत्यु
बैशाख १३, २०८१ बिहिबार
नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा
बैशाख १३, २०८१ बिहिबार
नेप्सेमा सामान्य गिरावट, २ अर्बभन्दा बढीको कारोबार
बैशाख १३, २०८१ बिहिबार
वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
बैशाख १३, २०८१ बिहिबार
गण्डकीका शहरी क्षेत्रमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दो
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनलाई जातीय र धार्मिक दृष्टिले हेरिए सुरक्षामा चुनौती बढ्ने प्रहरीको विश्लेषण
बैशाख १३, २०८१ बिहिबार