रोल्पामा स्वास्थ्य सामग्री वितरण गर्दा विवाद
नेपालबहस संवाददाता
बैशाख ३०, २०७८ बिहिबार १८:६:४५
३० वैशाख,रोल्पा । कोरोना रोकथाम र उपचारका लागि भन्दै यहाँका युवाले सहयोग उठाई औषधि र स्वास्थ्य सामग्री वितरण गर्न थालेपछि गङ्गादेव गाउँपालिकासँग विवाद भएको छ ।
स्थानीयवासी टेकम वलीले गाउँपालिका र स्थानीय प्रशासनको स्वीकृतिबिना अनियमितता गर्ने उद्देश्यले सहयोग सङ्कलन गर्न लागेकाले सो कार्य रोकेको गाउँपालिका अध्यक्ष वीरबहादुर खत्रीले जानकारी दिए ।
वलीले रु १० लाख सहयोग उठाएर आफूखुशी रु १० हजारको औषधि वितरण गर्न थालेपछि गाउँपालिकाले सो काम गर्न स्वीकृति नदिएको अध्यक्ष खत्रीको भनाइ छ । गाउँपालिका कार्यालयका कर्मचारी र आसपासका स्थानीयवासीलाई कोरोना देखिएपछि गाउँपालिकाले लकडाउनबाहेक उपचार र रोकथामका काम गर्न चासो नदिएपछि स्थानीय युवाको पहलमा अभियान थालनी गरेको वलीको भनाइ छ ।
जापान तथा साउदीमा रहेका गङ्गादेववासीले कोरोना महामारी रोक्नका लागि आर्थिक सहयोग गर्ने भनेपछि मास्क, स्यानिटाइजर, ग्लोब्सजस्ता स्वास्थ्य सुरक्षा सामग्री तथा सिटामोलजस्ता सामान्य औषधि खरिद गरेर स्थानीय आधारभूत स्वास्थ्य केन्द्रलाई हस्तान्तरण गरिएको र एन्टिजेन कीट खरिदको कार्य भइरहेका बेला गाउँपालिका अध्यक्षले अभियानमा हस्तक्षेप गरेको वलीले बताए ।
गाउँपालिका र स्थानीय युवा समूहबीच भएको विवाद आफूसम्म आएको जनाउँदै प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बुझाइमा एकरुपता नआउँदा विवाद भएको बताए । महामारीका बेला औषधि वितरण गर्नुलाई अन्यथा नमानिए पनि स्वास्थ्यकर्मीबाहेकले औषधि वितरण गर्न नपाइने सापकोटाको भनाइ छ । उनले महामारी रोकथामका लागि रसिद काटेर चन्दा उठाउनुपूर्व अनिवार्य अनुमति लिनुपर्ने बताए ।
सो गाउँपालिकामा जिल्लाका स्थनीय तहमध्ये सबैभन्दा धेरै संक्रमित भेटिएका छन् । सो गाउँपालिकामा १३ महिला र ३३ पुरुष गरी ४६ संक्रमित छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाँकेमा बालविवाह न्यूनीकरण चुनौतीपूर्ण
चैत १६, २०८० शुक्रबार
पर्यटक नभएपछि अध्यागमन कार्यालय तीन वर्षदेखि सुनसान
चैत १६, २०८० शुक्रबार
बाँकेमा गाइभैँसीलाई खोरेतविरुद्धको खोप
चैत १४, २०८० बुधबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार