अपि पावरको मुनाफा १२ करोड ६२ लाख, प्रतिशेयर आम्दानी कति ?
नेपालबहस संवाददाता
बैशाख ३०, २०७८ बिहिबार १९:७:५१
३० वैशाख, काठमाडौं । अपि पावरले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा आकर्षक मुनाफा गरेको वित्तीय विवरण सार्वजानिक गरेको छ।
गत आर्थिक वर्षको चैत मशान्तसम्ममा ६ करोड ६ लाख रुपैयाँ मुनाफा गरेको कम्पनीले चालु आर्थिक वर्षको सोहि अवधिमा १२ करोड ६२ लाख ६७ हजार रुपैयाँ कमाएको छ जुन १०८.१६ प्रतिशतले धेरै हो।
यस अवधिमा कम्पनीको विद्युत् बिक्रीबाट र अन्य स्रोतबाट हुने आम्दानी बढेसँगै मुनाफामा वृद्धि भएको हो ।
चालु आर्थिक वर्षको चैत मशान्तसम्ममा कम्पनीले विद्युत् बिक्रीबाट २८ करोड ८१ लाख रुपैयाँ आम्दानी गरेको छ। गत वर्षको यसै अवधिमा विद्युत् बिक्रीबाट २४ करोड २३ लाख रुपैयाँ आम्दानी गरेको मा यस अवधिमा यस्तो आम्दानी १८.८८ प्रतिशतले बढेको हो।
त्यस्तै गत वर्ष १५ लाख ४७ हजार रुपैयाँ रहेको अन्य स्रोतबाट हुने आम्दानी यो वर्ष ६ करोड २९ लाख ८९ हजार रुपैयाँ पुगेको छ ।
हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ९२ करोड ९७ लाख रुपैयाँ छ भने जगेडा कोषमा २८ करोड १ लाख ३६ हजार रुपैयाँ छ । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ८ रुपैयाँ ७२ पैसा छ भने प्रतिशेयर नेटवर्थ ११४ रुपैयाँ ५२ पैसा छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्सेमा सामान्य वृद्धि, हिमालयन उर्जा विकासको शेयरमा सकारात्मक सर्किट !
चैत १५, २०८० बिहिबार
आज नेप्सेमा दोहोरो अङ्कको गिरावट
चैत १४, २०८० बुधबार
प्रि-ओपन सेसनमा नेप्से सामान्य बढ्यो
चैत १४, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार