ठाकुर र महतो निकट सांसद भक्तपुरको एक रिसोर्टमा भेला
नेपालबहस संवाददाता
बैशाख ३०, २०७८ बिहिबार २१:१०:२२
३० बैशाख, काठमाडौं । जनता समाजवादी पार्टी ‘जसपा’का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले आफू निकट सांसदहरुलाई भक्तपुरस्थित एक रिसोर्टमा लगेर राखेका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि दिएको समयसीमा सकिनु केही घण्टाअघि जसपाका दुई नेताले आफू निकट सांसदलाई रिसोर्टमा लगेका हुन् । रिसोर्टमा पुगेका एक सांसदले पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा ब्रिफिङका लागि आफूहरु त्यहाँ पुगेको बताए।
सरकार गठनबारे राजपमा तीव्र मतभेद छ । अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो केपी ओलीकै सरकारको निरन्तरता चाहन्छन् भने दुई अध्यक्ष उपेन्द्र यादव र बाबुराम भट्टराई नयाँ सरकार बनाउने दौडधुपमा छन् ।
आफूसँग बहुमत सांसद भएको दाबी गरेका महन्थ–राजेन्द्र पक्षको अहिले भइरहेको छलफलमा १३ जना सांसदमात्रै सहभागी रहेको बताइएको छ । जसपामा ३२ जना सांसद छन् । नेपाली कांग्रेसको नेतृत्वमा दलहरुले नयाँ सरकार गठनको तयारी तीव्र बनाए पनि जसपाको महन्थ–राजेन्द्र पक्ष यसमा सहमत भएको छैन ।
आज नै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर यो पक्षले जसपाको भर नपर्न भनेको थियो । भेटका क्रममा महन्थ ठाकुरले आफ्नै नेतृत्वमा सरकार बनाउन प्रस्ताव गरेका थिए ।
राष्ट्रपतिले धारा ७६ (२) अनुसारको बहुमतको सरकारको दाबी गर्न दलहरुलाई दिएको वैशाख ३० गते बेलुकी ९ बजेसम्मको समयसीमा केही घन्टामा सकिँदै छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आफ्नो नेतृत्वमा नयाँ सरकार बनाउन कम्मर कसेर लागेका छन् । यद्यपि जनता समाजवादी दल सरकार निर्माणमा महत्त्वपूर्ण कारक बनेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपज्योति विकास बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदो क्रममा, व्यवसाय विस्तार ठप्प
बैशाख ११, २०८१ मंगलबार
राहदानीको फिचर्स परिवर्तन र एमआरपी खरिदमा मुख्यसचिवदेखि सुरक्षा सल्लाहकारसम्म तानिने
बैशाख ८, २०८१ शनिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने
बैशाख ११, २०८१ मंगलबार
रौतहटको करुनियामा आगलागीबाट ७ घर जलेर नष्ट, लाखौंको क्षति
बैशाख ११, २०८१ मंगलबार
निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द
बैशाख ११, २०८१ मंगलबार
सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा
बैशाख ११, २०८१ मंगलबार
जनकपुरमा होटलको एउटै कोठामा महिला र पुरुष झुन्डिएको अवस्थामा मृत फेला
बैशाख ११, २०८१ मंगलबार
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा
बैशाख ११, २०८१ मंगलबार