वालिङमा ७८ संक्रमितले कोरोना जिते
नेपालबहस संवाददाता
बैशाख ३०, २०७८ बिहिबार २१:३८:३८
३० बैशाख, वालिङ । वालिङ नगरपालिकाभित्रका ७८ जना कोरोना संक्रमित निको भएका छन् । विश्वब्यापी महामारीकोरुपमा फैलिएको नयाँ भेरियन्टसहितको कोभिड १९ बाट संक्रमितमध्ये ७८ जनालाई निको भएको स्वास्थ्य शाखा प्रमुख एवं जनस्वास्थ्य निरीक्षक कमलप्रसाद पाण्डेले जानकारी दिए ।
बिहीबारमात्रै १८ जना संक्रमित निको भएका हुन् । नगरपालिकाभित्र हालसम्म कूल संक्रमितको संख्या दुईसय ९३ रहेको छ । जसमध्ये ७८ जना निको भएका छन् भने पोखरामा ११ जना, गह«ौं प्राथमिक अस्पतालमा ५ जना गरी १६ जनाको अस्पतालमा उपचार भईरहेको छ । वालिङमा हालसम्म दुई सय ११ जना सक्रिय संक्रमित हुनुहुन्छ भने चार जनाको मृत्यु भएको छ ।
वालिङ नगरपालिकाभित्र संक्रमणको दर ह्वात्तै बढेर महामारीकोरुप लिएसँगै उच्च सतर्कता अपनाउन नगरपालिकाले नगरबासीहरुमा अनुरोध गरेको छ । महामारीका बेला जारी गरिएको निषेधाज्ञालाई कडाईका साथ पालना गरी जोखिम रोकथाम तथा नियन्त्रणका लागि सहयोग गर्न प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले अनुरोध गरेका छन् ।
सक्रिय संक्रमितहरु होम आईसोलसनमा बस्दा कुनै पनि स्वास्थ्यसम्बन्धी समस्या भएमा तत्काल नगरपालिका कार्यालय, सम्बन्धित वडा कार्यालय वा स्वास्थ्यकर्मीहरुलाई तुरुन्त जानकारी गराउन पनि उहाँले अनुरोध गरे । संक्रमणदर विस्तारै घट्दै गएकाले अझै केही दिन उच्च सतर्कताका साथ त्रसित नभईकन घर÷घरमै बस्न प्रमुख प्रशासकीय अधिकृत भट्टराईले आग्रह गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमुख्यमन्त्री अधिकारीले दिए गण्डकीमा चुमान र मनाङेलाई जिम्मेवारी
बैशाख ८, २०८१ शनिबार
पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध
बैशाख ७, २०८१ शुक्रबार
नवलपुरका महिलाको आत्मनिर्भरको श्रोत घरबास
बैशाख ७, २०८१ शुक्रबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
नेपालबहस संवाददाता
बैशाख ६, २०८१ बिहिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा
बैशाख ८, २०८१ शनिबार
अब आन्तरिक कलह हट्नुपर्छ : नेतान्याहु
बैशाख ८, २०८१ शनिबार
सगरमाथा आरोहण उत्साहजनक : आरोहणबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व
बैशाख ८, २०८१ शनिबार
आगो निभाउन गएको दमकल दुर्घटना, ६ जना घाइते
बैशाख ८, २०८१ शनिबार
वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व संकलन
बैशाख ८, २०८१ शनिबार
भन्सार छलेर ल्याएका ५० लाखका कपडा र काजु बरामद
बैशाख ८, २०८१ शनिबार