कोरोना पोजेटिभ देखिए ‘होमआइसोलेट’
नेपालबहस संवाददाता
बैशाख ३०, २०७८ बिहिबार २३:८:२०
३० वैशाख,टिस्टुङ । थाहा नगरपालिका अन्तर्गत प्राथमिक स्वास्थ्य केन्द्र पालुङ र स्वास्थ्य चौकी बज्रवाराहीमा कोरोना परीक्षण गर्ने व्यवस्था मिलाइएको छ । पोजेटिभ देखिए स्वास्थ्य संस्थाले बिरामीलाई औषधि लेखेर केही निर्देशन सहित घर पठाउँछ । स्वास्थ्य केन्द्र बाहिर तयारी अवस्थामा रहेको एम्बुलेन्सले बिरामीलाई घरमा लगेर छोडिदिन्छ ।
बुधबार थाहा–३ का राजेन्द्र विष्ट केही दिनदेखि ज्वरो नघटेका कारण स्वास्थ्य केन्द्र गए । स्वास्थ्य केन्द्रमा उनी सहित अन्य १० बिरामी पनि पुगेका थिए । सबैको एन्टिजेन परीक्षण गर्दा एक जनाबाहेक सबैमा पोजिटिभ देखियो । अहिले बिष्ट घर आइसोलेशनमा छन् ।
नगरपालिकामा यही वैशाख १० गतेदेखि हालसम्म १६३ जनामा कोरोना संक्रमण देखिएकोमा सबैलाई घरमै बस्न भनिएको छ । डाक्टरले उनीहरु सबैलाई ‘प्रेस्कृप्सन’मा ‘होम आइसोलेट’ लेखिदिएको संक्रमितले बताएका छन् । ती संक्रमित मध्ये दुई जनाको मृत्यु भएको, आठ जना निको भएको, छ जनालाई थप उपचारको लागि हेटौँडा पठाएको र बाँकी सबै घर आइसोलेशनमा रहेको नगरपालिकाका सूचना अधिकारी सुरजकुमार भुजेलले जानकारी दिए । उनका अनुसार नगरपालिकाले व्यवस्था गरेको सामुदायिक आइसोलेशनमा भने एक जनालाई पनि पठाइएको छैन ।
गत वर्षदेखि क्वारेन्टिनको रुपमा प्रयोग गर्दै आएको थाहा–६ स्थित सामुदायिक भवनमा नगरपालिकाले आइसोलेशन कक्ष स्थापना गरेको छ । बीस श्ययाको उक्त आइसोलेशन तयार भइसकेको र संक्रमितको उपचारको लागि विशेषज्ञसहितको स्वास्थ्य टोली पनि तयार रहेको नगरपालिका स्वास्थ्य शाखा संयोजक मेघराज बलामीले जानकारी दिए ।
आफूमा कोरोना पोजिटिभ देखिएपछि अधिकांश बिरामीहरु घरमै बस्न रुचाउने डाक्टरहरुको भनाइ रहेको छ । घर आइसोलेशनमा बस्दा परिवारसँगै बसेको अनुभूति हुने र आत्मबलको विकास हुने भएकोले सामुदायिक आइसोलेशनभन्दा घर आइसोलेशन नै रोज्ने गरेको संक्रमितहरु बताउँछन् । कसैलाई सास फेर्न गाह्रो भयो वा थप केही जटिलताहरु देखियो भने स्वास्थ्यकर्मीलाई तुरुन्त घर–घरमा पठाउने व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ ।
नगरको १, २, ३, ४ र ६ वडामा सङ्क्रमित रहेको र उनीहरु घर आइसोलेसनमा बस्दा समुदायमा जोखिम बढ्न सक्नेमा चिन्ता व्यक्त गर्न थालिएको छ । डाक्टरले बिरामीको अवस्थाको आधारमा घर आइसोलेशनमा बस्न सिफारिस गरे पनि स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्ड अनुसार रहे–नरहेकोबारे एकीन हुन नसकेको स्वास्थ्यकर्मी बताउँछन् । सामान्य तथा कोरानाका बिरामीहरुलाई घरमा पठाउनु अहिलेको बाध्यता रहेको कोरोना रोकथाम तथा नियन्त्रण निर्देशन समिति थाहा नगरका सदस्य सुरेन्द्रमान प्रधानले बताउनुभयो । “नगरपालिकाले तयार पारेको आइसोलशनमा जम्मा २० श्ययाको क्षमता छ, नगरमा डेढ सय बिरामी नाघिसक्यो, कसलाई छानेर सामुदायिक आइसोलेशनमा पठाउनुरु’ उहाँले भन्नुभयो ।
नगरमा अहिले कोरोनाको लक्षणसँग मिल्दोजुल्दो समस्या देखिएमा मात्र परीक्षण गर्ने गरिएको छ । सङ्क्रमण देखिएका व्यक्तिको परिवारका सदस्यलाई पाँच दिनपछि ज्वरो आएमा परीक्षण गर्ने गरिएको छ । “व्यक्तिहरु स्वास्थ्य केन्द्रमा पुग्दा यो अवस्था छ भने स्वास्थ्य केन्द्र समुदायमा पुगेर परीक्षण गर्ने हो भने अवस्था भयावह देखिन सक्छ” उहाँले भन्नुभयो । आवश्यक उपकरणको अभावमा समुदायस्तरमा कोरोनाको परीक्षण गर्न नसकिएको नगरपालिकाले जनाएको छ । उद्योग वाणिज्य संघसँग समन्वय गरेर अर्को आइसोलेशन कक्ष स्थापनाको तयारी गरिरहेको नगरप्रमुख लवशेर विष्टले जानकारी दिनुभयो । –––
एयधभचभम द्यथ इचकयल क्ष्लायतभअज
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिजी विद्यालयको नाम नेपालीकरण गर्न काठमाडौं महानगरको अल्टिमेटम
चैत १६, २०८० शुक्रबार
बालेनले राखेको बोर्ड कसले हटायो ?
चैत १४, २०८० बुधबार
उच्च रक्तचाप र मधुमेहका बिरामीलाई नगरपालिकाद्वारा आर्थिक सहयोग
चैत १३, २०८० मंगलबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार