ब्रोकर कार्यालयमा तीन कर्मचारी मात्र राख्न निर्देशन
नेपालबहस संवाददाता
बैशाख ३०, २०७८ शुक्रबार ३:३७:१
३० वैशाख, काठमाडौं । नेपाल धितोपत्र बोर्डले शेयर धितोपत्र दलाल, मर्चेन्ट बैंकरलाई प्रणाली सञ्चालनका लागि कार्यालयमा तीनभन्दा बढी कर्मचारी नखटाउन निर्देशन दिएको छ । बोर्डले विज्ञप्तिमार्फत आज सूचना प्रविधिसम्बन्धी कार्य गर्न मात्रै कर्मचारी खटाउन र घरबाटै काम गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो ।
गुनासा तथा समस्या समाधानका लागि प्रयोग भइरहेको कार्यालयको कल डाइभर्ट गरी घरबाटै त्यस्तो सुविधा उपलब्ध गराउने व्यवस्था मिलाउन र थप मोबाइल नम्बर उपलब्ध गराउन बोर्डले आग्रह गरेको छ ।
साना लगानीकर्ताले दैनिक घरखर्च चलाउन वा औषधोपचारका लागि शेयर बिक्री गरेको अवस्थामा लगानीकर्ताको अनुरोधमा सम्बन्धित ब्रोकरले सम्भव भएसम्म आवश्यकताअनुसार करम तत्काल उपलब्ध गराई सहयोग गर्ने, कर्मचारीमा कोरोनाको लक्षण देखिएमा तत्काल आइसोलेशनमा बस्ने व्यवस्था गर्ने र नेपाल सरकार र जिल्ला प्रशासन कार्यालयबाट जारी भएका आदेश अनुसारको स्वास्थ्य मापदण्ड पालना गर्नसमेत बोर्डले आग्रह गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्सेमा सामान्य गिरावट, २ अर्बभन्दा बढीको कारोबार
बैशाख १३, २०८१ बिहिबार
नेप्से सामान्य अंकले बढ्यो, २ अर्बभन्दा बढीको कारोबार
बैशाख १२, २०८१ बुधबार
नेप्से ०.२८ अंकले वृद्धि भएर ३५०.७५ विन्दुमा कायम
बैशाख ९, २०८१ आइतबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
धाराको मुहान सुक्दा पानीको दुःख झेल्दै
बैशाख १३, २०८१ बिहिबार
खानेपानीको ट्याङ्की निर्माण
बैशाख १३, २०८१ बिहिबार
जल उद्वारसम्बन्धी कृतिम अभ्यास
बैशाख १३, २०८१ बिहिबार
निर्माणाधीन पदमार्ग पर्खाल
बैशाख १३, २०८१ बिहिबार
मोदी र गान्धीलाई आचारसंहिता उल्लघंन गरेको आरोपमा नोटिस जारी
बैशाख १३, २०८१ बिहिबार
पर्यटकीय गाउँ रामकोटमा चहलपहल बढ्यो
बैशाख १३, २०८१ बिहिबार