आइसोलेशनका लागि व्यासले नियुक्त ग¥यो चिकित्सक
नेपालबहस संवाददाता
बैशाख ३१, २०७८ शुक्रबार १४:३८:२९
३१ वैशाख, दमौली । तनहुँको व्यास नगरपालिकाले कृषि विकास बैंकको भवनमा सञ्चालन गरेको आइसोलेशनका लागि एमबिबीएस चिकित्सक नियुक्त गरेको छ । आइसोलेशनमा बस्ने सङ्क्रमितको उपचारका लागि नगरपालिकाले चिकित्सक नियुक्त गरेको हो ।
नगरपालिकाले कृषि विकास बैंकको भवनमा ५० जना बस्न मिल्ने गरी आइसोलेशन तयार गरेको छ । घरमा बस्न नमिल्ने तथा विपन्न आर्थिक अवस्थाका सङ्क्रमितलाई राख्नका लागि नगरपालिकाले सामूहिक आइसोलेशन बनाएको नगरप्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिए ।
उक्त आइसोलेशनमा प्रारम्भिक परीक्षण र अक्सिजनसमेतको व्यवस्थापन गरिनेछ । जटिल बिरामीलाई अस्पतालसम्म पु¥याउने कार्यका लागि निःशुल्क एम्बुलेन्सको समेत व्यवस्थापन भइसकेको न्यौपानेले बताए । “सामान्य सङ्क्रमितलाई वडाका स्वास्थ्य फोकल व्यक्तिको निगरानीमा होम आइसोलेशनमा राख्छौँ, घरमा बस्ने वातावरण नभएका र विपन्न वर्गका सङ्क्रमितलाई राख्न आइसोलेशनको व्यवस्थापन गरेका छौँ”, न्यौपानेले भने ।
यसैबीच नगरपालिकाले कोभिड–१९ को विरुद्ध नगर क्षेत्रमा सञ्चालन गरेको अभियानको प्रभावकारिता सम्बन्धमा समीक्षा गर्ने क्रम शुरु गरेको छ । नगरपालिकाले हरेक दिन बिहान ८ः३० बजे अभियानको समीक्षा गर्न शुरु गरेको हो । नगरप्रमुख वैकुण्ठ न्यौपानेको संयोजकत्वमा, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, सम्बन्धित वडाका वडाध्यक्ष र स्वास्थ्य प्रमुखको उपस्थितिमा समीक्षा गर्न शुरु गरेको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले कोभिड–१९ का लागि आवश्यक औषधिजन्य एवं अन्य स्वास्थ्य उपकरण उपलब्ध गराइदिन एसओएस बालग्राम र गोरखा वेलफेयर ट्रष्टमा सहयोगका लागि अनुरोध गरेको छ । हरेक दिन हुने समीक्षाका क्रममा वडा एवं नगरस्तरमा कोभिड–१९ का विरुद्ध सञ्चालन गरिएका कार्यक्रम, त्यसको प्रभावकारिता, नगरवासीबाट आएको गुनासोलाई कार्यान्वयन गर्न चाल्नुपर्ने कदमलगायतका विषयमा छलफल गर्ने गरिएको छ ।
कोभिडसँग जुध्न तीन लाखको कोष, सहयोगको अपिल
तनहुँ उद्योग वाणिज्य सङ्घले कोभिड–१९ को न्यूनीकरण र व्यवस्थापनका लागि रु तीन लाख पाँच हजारको कोष स्थापना गरेको छ । सङ्घको पदाधिकारी बैठकले विभिन्न बजार एकाइ समिति, महिला उद्यमी विकास समितिको संयुक्त प्रयासमा उक्त कोष स्थापना गरेको हो ।
महाविपत्तिको घडीमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि, निजामती कर्मचारी, स्वयंसेवीलगायत सबैको उत्साह, आत्मबल र सेवाको भावना अभिवृद्धि गर्न, सामूहिक आइसोलेशनकक्ष निर्माण तथा स्वास्थ्य सामग्री व्यवस्थापनका लागि उक्त कोष स्थापना गरिएको सङ्घका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले जानकारी दिए । कोषमा सहयोग गरिदिन सङ्घले उद्योगी व्यवसायी, देश तथा विदेशमा रहेका शुभचिन्तक, विभिन्न संघसंस्थालाई आग्रह गरेको छ ।
संघले सङ्कटको घडीमा अत्यावश्यक सामग्रीको सहज तथा सुलभ बिक्री वितरण र बजार व्यवस्थापनप्रति प्रतिबद्ध रहेको जनाएको छ । सम्पूर्ण उद्योगी व्यवसायीबाट अत्यावश्यक वस्तुको ढुवानी तथा बिक्री वितरणमा सकारात्मक भूमिका निर्वाह भएको अवस्थामा सम्पूर्ण व्यवसायी महामारी निराकरणका लागि सहयोग गर्न तत्पर रहेको जनाएको छ ।
संघले खडा गरेको कोषमा सहयोग रकम जुट्न थालेको छ । सङ्घले बुधबार स्थापना गरेको कोषमा जिल्लाका व्यवसायीले सहयोग थालेका हुन् । संघका अध्यक्ष श्रेष्ठका अनुसार कोभिड व्यवस्थापन महाअभियानका लागि संघका कोषाध्यक्ष दिनेशकुमार श्रेष्ठबाट रु १० हजार ७२६, व्यास–३ निवासी व्यवसायी बानेश्वर मल्लबाट रु १० हजार १००, व्यास–३ निवासी पुस्तक व्यवसायी सुमन भट्टराईले रु १० हजार ५०० र व्यास–२ निवासी वीर बस्यालबाट रु पाँच हजार ५५५ प्राप्त भएको छ ।
स्थानीय तहले बनाए ११६ शय्याको आइसोलेशन
पछिल्लो केही दिनयता तनहुँमा दैनिकरूपमा कोरोना सङ्क्रमित बढ्न थालेपछि स्थानीय तह र अस्पतालले ११६ शय्याको आइसोलेशन तयार पारेका छन् । कोरोना सङ्क्रमित थपिएसँगै जिल्लास्थित स्थानीय तह र अस्पतालले आइसोलेशन शय्या तयार पारेका हुन् ।
जिल्ला स्वास्थ्य कार्यालय तनहुँका अनुसार जिल्लाभर ११६ आइसोलेशन कक्ष तयार गरिएको छ । प्रत्येक पालिकामा कम्तीमा पाँच शय्याको आइलोशनकक्ष तयार गरिएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए । शुक्लागण्डकी नगरपालिका बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा ३० शय्याको आइसोलेशनकक्ष तयार गरिएको छ । हरेक शय्यामा पाइपमार्फत अक्सिजन पु¥याइएको छ । आइसोलेशनमा ५५ थान अक्सिजन सिलिण्डर मौज्दात रहेको उपचार केन्द्रका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले जानकारी दिए ।
सदरमुकामस्थित दमौली अस्पतालमा १६ शय्याको आइसोलेशनकक्ष तयार गरिएको छ । अस्पतालमा तीन आइसीयू र चार भेन्टिलेटरसमेत छ । अस्पतालमा ३० वटा अक्सिजन सिलिण्डर रहेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा सुनिल पौडेलले जानकारी दिनुभयो । अस्पतालले पाँच कोरोना सङ्क्रमितको उपचार गरिरहेको छ ।
बन्दीपुर गाउँपालिकामा १५ शय्याको आइसोलेशन कक्ष तयार गरिएको छ । आँबुखैरेनीमा १२ शय्याको आइसोलेशन कक्ष तयारी गरिएको छ । भानुमा पाँच शय्याको आइसोलेशन तयार गरिएको छ भने नौ सिलिन्डर अक्सिजन र एउटा एम्बुलेन्स तयारी अवस्थामा राखिएको छ । त्यसैगरी भिमादमा आठ शय्याको आइसोलेशन कक्ष तयार गरिएको छ । म्याग्देमा पाँच शय्याको आइसोलेशन कक्ष तयार गरिएको छ । ऋषिङमा पाँच शय्याको आइसोलेशन तयार गरिएको छ ।
शुक्लागण्डकी नगरपालिकाले १० शय्याको आइसोलेशन तयार गरेको छ । त्यहाँ सात वटा सिलिण्डर मौज्दात छ भने चारवटा एम्बुलेन्स तयारीमा राखिएको छ । व्यास नगरपालिकाले कृषि विकास बैंकको भवनमा ५० जना क्षमताको सामूहिक आइसोलेशन बनाएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए । घरमा बस्न नमिल्ने तथा विपन्न आर्थिक अवस्थाका सङ्क्रमितलाई राख्नका लागि नगरपालिकाले सामूहिक आइसोलेशन बनाएको हो ।
१७० सिलिण्डर मौज्दात
तनहुँ जिल्लामा १७० अक्सिजन सिलिण्डर मौज्दात रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । कोभिड संक्रमित दिनदिनै बढेको र कुनै पनि बेला अक्सिजन चाहिन सक्ने भएकाले स्थानीय तहले अक्सिजनको व्यवस्थापन गरेका छन् । तर उक्त सङ्ख्या अझ पनि पर्याप्त रहेको छैन ।
भानु नगरपालिकामा तीन, दमौली अस्पतालमा ३०, शुक्लागण्डकी नगरपालिकामा सात, जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा ५५, भिमाद नगरपालिकामा १०, म्याग्दे गाउँपालिकामा १०, घिरिङ गाउँपालिकामा एक, ऋषिङ गाउँपालिकामा तीन, देवघाट गाउँपालिकामा नौ, बन्दीपुर गाउँपालिकामा २३ र आँबुखैरेनी गाउँपालिकामा १६ थान अक्सिजन सिलिण्डर व्यवस्थापन गरिएको छ । रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपत्रिपालको ओतमुनि तातोपानी कुण्ड : बिरामीलाई सास्ती
बैशाख १२, २०८१ बुधबार
उपभोक्ता हितसंरक्षणमा स्याङ्जा प्रशासनले बढायो निगरानी
बैशाख १२, २०८१ बुधबार
‘गोरखा भूकम्प’ स्मृति दिवसका अवसरमा आज सार्वजनिक बिदा
बैशाख १२, २०८१ बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
यस्तो छ तपाइको आजको राशिफल
बैशाख १३, २०८१ बिहिबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार
खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार