जिल्ला अस्पताललाई कोभिड अस्पतालमा रुपान्तरण
नेपालबहस संवाददाता
बैशाख ३१, २०७८ शुक्रबार १५:१५:५१
३१ वैशाख, जाजरकोट । जिल्ला अस्पताललाई कोरोना अस्पतालका रूपमा रुपान्तरण गरिएको छ । लक्षणसहितका सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि जिल्ला अस्पतालका सबै शय्यामा कोरोना सङ्क्रमितको उपचार गरिन लागेको हो । यसअघि केही शय्यामा मात्रै सङ्क्रमितको उपचार भइरहेको थियो ।
सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि अरू शय्या थपिएको स्वास्थ्य सेवा कार्यालयका निमित्त स्वास्थ्य व्यवस्थापक टीकाराम जैशीले बताए । नियमित तथा अरू रोगका बिरामीको उपचार कोरोना सङ्क्रमित भएका बिरामीलाई राखिएको ठाउँबाट झण्डै १०० मिटर नजिकको स्थानबाट हुँदै आएको छ । जैशीका अनुसार त्यसका लागि स्वास्थ्य सेवा कार्यालयले चिकित्सक तथा स्वास्थ्यकर्मीको कार्यविभाजन गरेको छ । अरू नियमित बिरामीको पनि उपचार गर्ने गरी वैकल्पिक व्यवस्था मिलाइएको हो ।
अहिले जिल्ला अस्पतालमा १०३ आइसोलेशन शय्या रहेका छन् । आइसीयूकक्ष तीन, भेन्टिलेटर एक, अक्सिजन सिलिण्डर ५४, एचडीयू शयुया एक, अक्सिजनसहितको शय्या ३३ र साधारण आइसोलेशन ३३ रहेको छ । थप अक्सिजन सिलिण्डर खरिदका लागि बुधबार बोलपत्र आह्वान गरिएको छ ।
त्यस्तै छेडागाड नगरपालिकाले १५ शश्याको कोभिड आइसोलेशन निर्माण गरेको प्रमुख प्रशासकीय अधिकृत झलक केसीले जानकारी दिए । प्रत्येक पालिकालाई १५ शश्याको आइसोलेशन बनाउन निर्देशन गरिएबमोजिम काम भइरहेको प्रमुख जिल्ला अधिकारी प्रेम देवकोटाले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकर्णालीका हिमाली जिल्लामा देखिन थाल्यो औलो रोग
बैशाख १३, २०८१ बिहिबार
चैत २७ मा कर्णालीको मुख्यमन्त्री भएका कँडेलले बल्ल नियुक्त गरे एक जना मन्त्री
बैशाख १२, २०८१ बुधबार
कर्णालीमा मन्त्रालयको भागबण्डामै सकस, आज सानो आकारको मन्त्रीमण्डल बन्ने
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार