शिवनगरमा अक्सिजनसहित १५ शय्याको आइसोलेशन
नेपालबहस संवाददाता
बैशाख ३१, २०७८ शुक्रबार १५:४०:२१
३१ वैशाख,चितवन । जिल्लामा कोरोना संक्रमित बढ्दै गएपछि भरतपुर महानगरपालिकाले वडा नं १४ शिवनगरमा १५ शय्याको आइसोलेशन निर्माण गरी सञ्चालनमा ल्याएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बिहीबार अक्सिजनसहितको उक्त आइसोलेशनको शुभारम्भ गरेकी हुन् । शुभारम्भ कार्यक्रममा प्रमुख दाहालले छोटो समयमा अत्यावश्यक उपकरणसहितको आइसोलेशन तयार गर्न सफल भएको बताइन् । भरतपुर महानगरपालिकाले कोभिड–१९ को दोस्रो प्रकोप रोकथाम तथा संक्रमितको उपचारका लागि आइसोलेशन तयार गरेको हो ।
आवश्यकअनुसार आइसोलेशन थप्दै लैजाने प्रमुख दाहालको भनाइ छ । कोरोनाका बिरामीको उपचारमा भरतपुर अस्पताल, क्यान्सर अस्पताल साथै मेडिकल कलेजहरू तथा अन्य निजी अस्पतालसँग निरन्तर समन्वय गरी सहजीकरण गरिरहेको उनले बताइन् । कोभिड–१९ को दोस्रो लहरबाट जोगिन र जोगाउन मगानगरपालिकाले चेतनामूलक गतिविधि, स्वास्थ्य मापदण्डको पालना, बिरामीको पहिचान र उनीहरूको स्वास्थ्य अवस्थाको निगरानी गरिरहेको उनले जानकारी दिइन् ।
उनका अनुसार कोभिड–१९ का बिरामीलाई अस्पतालसम्म लैजानका लागि महानगरपालिकाका तीन स्थानमा चारवटा एम्बुलेन्सले निःशुल्क सेवा प्रवाह गरिरहेको छ । महानगरपालिकाले शिवनगर स्वास्थ्य केन्द्रको आइसोलेशन निर्माणपछि शारदानगर स्वास्थ्य केन्द्रमा पनि १५ शय्याको आइसोलेशन निर्माण गर्ने तयारी गरेको छ । महानगरले यसअघि नै शिवनगर र शारदानगरमा आइसोलेसन केन्द्र स्थापना गर्ने निर्णय गरेअनुसार शिवनगरमा आइसोलेशन निर्माण गरिएको हो ।
कार्यक्रममा भरतपुर महानगरपालिकाका उपप्रमुख पार्वती शाह ठकुरीले महानगरवासीलाई कोभिड महामारीबाट जोगाउन आइसोलेशन सञ्चालन गरेको बताइन् । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडा, वडा नं १४ का अध्यक्ष ओमप्रकाश पोखरेललगायतले बोलेका थिए ।
कोभिड आइसोलेशनमा एक्सरे, प्रयोगशाला, इसिजी फार्मेसीलगायत सेवा कोभिडका संक्रमितले निःशुल्क पाउनेछन् । अस्पतालमा दुई मेडिकल अधिकृत, नर्स तथा तथा दक्ष प्राविधिकले सेवा दिनेछन् । यस स्वास्थ्य केन्द्रमा कोभिड अस्पतालका अलवा स्वास्थ्य केन्द्रले पूर्ववतरूपमा प्रदान गरिएका सम्पूर्ण सेवा यथावत रहनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरको सम्पदा यात्राः विपत्तिबाट पाठ सिक्नुपर्नेमा जोड
बैशाख ६, २०८१ बिहिबार
महानगरका महिला जनप्रतिनिधि र कर्मचारीको क्यान्सर जाँच शिविर
बैशाख ४, २०८१ मंगलबार
वैशाख १९ गतेदेखि कामपाले एक महिने ‘सीप मेला’ आयोजन गर्ने
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
गर्मीमा छिटै तौल घटाउन चाहनुहुन्छ ? दैनिक खाली पेटमा सौंफको पानी पिउनुहोस्
बैशाख ८, २०८१ शनिबार
सगरमाथा आरोहण उत्साहजनक : आरोहणबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व
बैशाख ८, २०८१ शनिबार
आगो निभाउन गएको दमकल दुर्घटना, ६ जना घाइते
बैशाख ८, २०८१ शनिबार
वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व संकलन
बैशाख ८, २०८१ शनिबार
भन्सार छलेर ल्याएका ५० लाखका कपडा र काजु बरामद
बैशाख ८, २०८१ शनिबार
नयाँ वित्तीय साधनका लागि विश्व बैंकलाई ११ अर्ब अमेरिकी डलर कोष प्राप्त
बैशाख ८, २०८१ शनिबार