टिपरको ठक्करबाट सेनाका प्युठको मृत्यु
नेपालबहस संवाददाता
बैशाख ३१, २०७८ शुक्रबार १५:४९:२
३१ वैशाख,तनहुँ । टिपरको ठक्करबाट गए राति तनहुँमा नेपाली सेनाका प्युठ सुरज बुढाथोकीको मृत्यु भएको छ । दोलखा जिल्ला घर भई हाल इञ्जिनीयरिङ पल्टन पोखरा एयरपोर्टमा कार्यरत २७ वर्षीय बुढाथोकीको उपचारका क्रममा मृत्यु भएको हो । सोही मोटरसाइकलमा सवार एक जना सख्त घाइते भएको प्रहरीले जनाएको छ ।
जिल्लाको डुम्रेबाट आँबुखैरेनीतर्फ जाँदै गरेको वाग्मती प्रदेश–२–०१८प ७८९३ नंको मोटरसाइकललाई विपरीत दिशामा गुडिरहेको ग१क २८७७ नंको टिपरले आँबुखैरेनी गाउँपालिका–२ खानीखोलास्थित पृथ्वीराजमार्गमा ठक्कर दिँदा सो दुर्घटना भएको हो ।
टिपरले बिहीबार साँझ मोटरसाइकलाई ठक्कर दिँदा गम्भीर घाइते भएका चालक बुढाथोकीको तत्कालै उद्धार गरी पुरानो मेडिकल अस्पताल भरतपुर लगिएकामा उपचारका क्रममा भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । उक्त मोटरसाइकलमा पछाडि सवार रामेछाप जिल्ला गोकुलगङ्गा–४ बस्ने सोही पल्टनमा कार्यरत सिपाही २० वर्षीय अनिल खड्काको सोही अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ ।
मोटरसाइकलाई ठक्कर दिई फरार रहेको टिपरलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबोलेरोको ठक्करबाट तीन युवकको मृत्यु
बैशाख १२, २०८१ बुधबार
अचानक आएको हावाहुरीले फेवातालमा डुङ्गा दुर्घटना, पाँच जनाको सकुशल उद्धार
बैशाख १२, २०८१ बुधबार
काभ्रेको भुम्लुमा सुमो दुर्घटना हुँदा १० जना घाइते
बैशाख १२, २०८१ बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
ज्योति विकास बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदो क्रममा, व्यवसाय विस्तार ठप्प
बैशाख ११, २०८१ मंगलबार
दैलेखमा एउटै बँदेलको टोकाइबाट सात जना घाइते
बैशाख ११, २०८१ मंगलबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
त्रिविका कानुनी सल्लाहकार खनाललाई कारबाही नगर्न आदेश
बैशाख १२, २०८१ बुधबार
सूर्य नेपाल काठमाडौं ओपनको दोस्रो दिन दिनेश र भुवन शीर्षस्थानमा
बैशाख १२, २०८१ बुधबार
गोरखा भूकम्पको ९ वर्ष : पीडित अझै अस्थायी टहरामा
बैशाख १२, २०८१ बुधबार
पर्सामा साना तथा घरेलु उद्योगमा महिला उद्यमीको स्वामित्व बढ्दै
बैशाख १२, २०८१ बुधबार
वागमतीको हिउदे अधिवेशन अन्त्य गर्न सिफारिस
बैशाख १२, २०८१ बुधबार