प्रचण्ड, उपेन्द्र देउवा निवासमा
नेपालबहस संवाददाता
बैशाख ३१, २०७८ शुक्रबार १८:१६:१
३१ बैशाख, काठमाडौं । केपी ओली विरुद्ध गठबन्धन सरकार बनाउन विफल भएका प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी उपेन्द्र समूहका नेताहरु अहिले बूढानीलकण्ठमा छलफलमा जुटेका छन् ।
हिजोसम्म बहुमतको गठबन्धन सरकार बनाउन राष्ट्रपति विद्यादेवी भण्डारीले समय दिएकोमा बहुमत जुटाउन विफल भएका यी दल आगामी रणनीति तयार गर्न कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा भेला भएका हुन् ।
ओलीले आजै दिउँसो तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीको शपथ लिंदैछन् । आफूहरुले राम्रै कसरत गरेको तर एमालेको माधव पक्ष र जसपाको महन्थ समूहले धोका दिंदा ओलीतन्त्रबाट छुटकारा नपाएको नेताहरुको बुझाई रह्यो ।
भेलामा सहभागी हुन पुगेका एक नेताले दिएको जानकारी अनुसार, हिजोको तयारीको समीक्षा गर्न र आगामी दिनमा कसरी जाने भन्ने सन्दर्भमा छलफल गर्न नेताहरु भेला भएका हुन् ।
उक्त समीक्षा बैठकमा नेपाली कांग्रेसका महामन्त्रीद्वय डा. शशांक कोइराला र पूर्णबहादुर खड्का, डा. प्रकाशशरण महत लगायत सहभागी छन् । यस्तै नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रवक्ता नारायणकाजी श्रेष्ठ, पम्फा भूषाल, ओनसरी घर्ती मगरलगायत सहभागी छन् । यस्तै जसपाका उपेन्द्र यादव,डा. बाबुराम भट्टराई सहभागी रहेको बताइएको छ ।
बैठकको सुरुमै बोल्दै माओवादी प्रवक्ता श्रेष्ठले हिजो असफल हुनुको मुख्य कारण एमाले नेता माधवकुमार नेपालको द्वैध चरित्र भएको आरोप लगाए । नेपालको भर पर्दा नै नराम्ररी धोका भएको उनको भनाई थियो ।
यस्तै जसपा अध्यक्ष यादवले पनि महन्थ ठाकुर ओलीसँग बिकेकाले यस्तो अवस्था आएको आरोप लगाए । तर अझै पनि बजेट अधिवेशन र विश्वासको मत लिनुपर्ने अवस्था रहेकाले ओली सरकारलाई घेर्न सकिने उनीहरुको भनाई थियो ।
तर महन्थ पक्षले ओलीलाई समर्थन दियो भने वहुमत पुग्ने र ओली दुई वर्ष सत्तामा रहने अवस्था समेत आउन सक्ने भन्दै नेताहरुले चिन्ता प्रकट गरेका थिए । त्यस्तो अवस्थाबाट जोगाउन तीनै दलबीच मोर्चाबन्दी हुनुपर्ने धारणा प्रचण्डले राखेको स्रोतको भनाई छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
ज्योति विकास बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदो क्रममा, व्यवसाय विस्तार ठप्प
बैशाख ११, २०८१ मंगलबार
राहदानीको फिचर्स परिवर्तन र एमआरपी खरिदमा मुख्यसचिवदेखि सुरक्षा सल्लाहकारसम्म तानिने
बैशाख ८, २०८१ शनिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
पुरख्यौली नृत्य प्रतियोगिता
बैशाख १३, २०८१ बिहिबार
तनहुँको पर्यटकीय नगरी बन्दीपुर बजार
बैशाख १३, २०८१ बिहिबार
'टिकटक'बारे अमेरिकाले ल्यायो नयाँ कानुन- शेयर बेच्नेकी प्रतिबन्ध झेल्ने !
बैशाख १३, २०८१ बिहिबार
चितवनमा बसको ठक्करबाट तीर्थयात्रीको मृत्यु
बैशाख १३, २०८१ बिहिबार
नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न
बैशाख १३, २०८१ बिहिबार
पोखरामा एसिया कप तथा साउथ एसियन ट्रायथोलन च्याम्पियनसिप हुँदै
बैशाख १३, २०८१ बिहिबार