अधिकांश मन्त्री दोहरिंदै
नेपालबहस संवाददाता
बैशाख ३१, २०७८ शुक्रबार १८:५७:५६
३१ बैशाख, काठमाडौं । दुई तिहाईको प्रधानमन्त्रीबाट खसालिएका नेकपा एमाले अध्यक्ष केपी ओली आज अल्पमतको प्रधानमन्त्रीको शपथ लिंदैछन् । आफूसँगै उनले नेकपा एमालेकै माधव नेपाल पक्ष र जनता समाजवादी पक्षका केही नेतालाई मन्त्रीपदको शपथ गराउन चाहन्थे ।
त्यसका लागि उनले बिहानैदेखि जसपा अध्यक्ष र नेता नेपालसँग संवाद गरे । तर आफ्ना माग पूरा नभएसम्म मन्त्रिमण्डलमा सामेल नहुने दुबै पक्षले जवाफ फर्काएकाले उनी पुरानै सारथीलाई लिएर जाने भएका छन् ।
आज बिहान उनले आफू निकट नेताहरुलाई बालुवाटार बोलाएर लामै छलफल गरे । धेरैले सानो मन्त्रिमण्डल बनाउन सल्लाह दिएका थिए । तर पार्टी भित्रको समीकरण मिलाउन उनले माओवादीबाट आएकाहरुलाई फेरि पनि दोह¥याउने निर्णय गरेको बालुवाटार निकट स्रोतले बतायो ।
त्यसो हुँदा अहिलेकै धेरै मन्त्री दोहरिने सम्भावना देखियो–स्रोतले भन्यो । तर माओवादीबाट आएका अधिकांशको सांसद पद नरहेकाले अहिले नराख्ने की भन्ने सुझाव दिइएको थियो । तर प्रम ओलीले उनीहरुले दुखका बेला साथ दिएकाले अहिले नै समेट्नुपर्छ भन्ने धारणा प्रस्तुत गरेको स्रोतले उल्लेख गरेको छ ।
तर सांसद नभएकाहरुलाई फेरि मन्त्रीमा दोह¥याउनु राजनीतिक रुपमा अनैतिक रहेको धारणा कानूनविद्वहरुले व्यक्त गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
प्रदेश सरकारमा संकट पार्दै वैकल्पिक गठबन्धन निर्माणमा नेकपा एसको प्रयास
बैशाख ४, २०८१ मंगलबार
सत्ता गठबन्धनमा नेकपा एसको काउण्टर अट्याक, के होला उपनिर्वाचनपछि सरकारको अवस्था ?
बैशाख ३, २०८१ सोमबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
भारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार