शुक्रबार , असार ११, २०७८

लघुवित्तका ऋणीले ब्याजदरमा छुट पाउने

लघुवित्तका ऋणीले ब्याजदरमा छुट पाउने

३१ वैशाख, काठमाडौं । लघुवित्त वित्तीय संस्थाका ऋणीहरूले १० प्रतिशत सम्म ब्याज छुट पाउने भएका छन् । कोभिड १९ ले सिर्जना गरेको असहज परिस्थितमा ऋणीलाई सहुलियत दिने निर्णय नेपाल लघुवित्त बैंकर्स संघले गरेको हो ।

संघले ऋणीलाई चालू आर्थिक वर्षको असार मसान्तसम्म ब्याज छुट दिने जनाएको छ । हाल ७२ वटा लघुवित्त वित्तीय संस्था सञ्चालनमा छन् । यी संस्थाहरुले २८ लाख ऋणीहरूलाई २ खर्ब ८० अर्ब रुपैयाँ ऋणी प्रवाह गरेका छन् ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

संघले एक परिपत्र जारी गर्दै सदस्य संस्थाहरूलाई ऋणी ग्राहकहरूलाई ब्याजमा संस्थागत क्षमताअनुसार ऋणीलाई ब्याजमा सहुलियत प्रदान गरी सुमधुर व्यावसायीक सम्बन्ध बनाउने काम गर्न आग्रह गरेको छ ।

यसैगरि, संघले सो परिपत्रमा सदस्य संस्थाहरुलाई कोभिडको संक्रमणबाट बच्न स्वास्थ मापदण्ड पालना गर्दै डिजिटल प्रविधिको प्रयोग गरि कारोबार गर्न समेत सुझाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय