गाउँमै हुन्छ कोरोना परीक्षण
नेपालबहस संवाददाता
बैशाख ३१, २०७८ शुक्रबार १९:२८:५३
३१ वैशाख,वालिङ । स्याङ्जाको वालिङ नगरपालिकाले लक्षण देखिएका बिरामीको स्वाब परीक्षण तथा औषधि गाउँगाउँमै पु¥याउने गरेको छ । नगरपालिकाले स्वास्थ्यसम्बन्धी मापदण्डलाई कार्यान्वयन गर्दै घरघरमै पुगेर लक्षण देखिएका बिरामीको स्वाबको नमूना परीक्षण तथा औषधि वितरण गरिँदै आएको नगरप्रमुख दिलीपप्रताप खाँणले बताए ।
“विश्वव्यापी महामारीका रुपमा फैलिएको नयाँ भेरियन्टसहितको कोभिड–१९ को संक्रमण नगरपालिकाभित्र द्रूत गतिमा फैलिरहेको छ”, नगरप्रमुख खाँणले भने, “संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाका कारण घरघरमा रहेका नागरिकमा स्वास्थ्यसम्बन्धी समस्या देखिएपछि गाउँगाउँमै पुगेर स्वास्थ्य परीक्षण गर्नाका साथै आवश्यक औषधि दिने गरिएको छ ।”
नगरपालिकाका विभिन्न गाउँमा विवाह, व्रतबन्ध, चौरासी पूजामा सहभागी भएकामा संक्रमण बढी फैलिएको उनले बताए । “गाउँगाउँबाट लक्षण देखिएपछि केही व्यक्ति गह्रौँ प्राथमिक अस्पतालमा आएर एन्टिजिन विधिबाट स्वाबको परीक्षण गराउछन्”, उनले भने, “उनीहरुमा संक्रमण पुष्टि भएमा स्वास्थ्यकर्मीसहितको टोलीले गाउँमै पुगेर एन्टिजिन परीक्षण गर्ने र आवश्यक औषधि सोही ठाउँमा उपलब्ध गराउँदै आएका छौँ ।”
होम आइसोलेशनमा बस्दा पालना गर्नुपर्ने नियमबारे संक्रमितलाई जानकारी गराउने गरिएको नगरपालिकाका स्वास्थ्य शाखाप्रमुख एवं जनस्वास्थ्य निरीक्षक कमलप्रसाद पाण्डेले बताए । “हामीले स्वाब परीक्षण गरेपछि सङ्क्रमण देखिएकालाई औषधि दिएर होम आइसोलेशनमा बसाल्छौँ”, उनले भने, “औषधि खाँदाखाँदै पनि श्वास फेर्न गाह्रो हुने लगायतका कुनै पनि थप समस्या देखिएमा हामीले तत्काल एम्बुलेन्समार्फत अस्पतालमा ल्याएर उपचार गर्छौं ।”
नगरपालिकाले वालिङस्थित प्राथमिक अस्पतालमा अक्सिजनसहितको सुविधासम्पन्न ३५ श्ययाको आइसोलेशन सञ्चालनमा ल्याएको उनले बताए । “विवाह, पूजालगायत कार्य तथा विदेशबाट आएकामध्ये धेरैजसो अहिले आ–आफ्नै घरमा बस्नुभएको छ भने केही सङ्घसंस्था तथा विद्यालयमा बसेका छन्”, उनले भने, “संक्रमितलाई घर–घरमै पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिने र औषधि वितरण गर्ने कार्यमा नगरप्रमुख, उपप्रमुख तथा अन्य जनप्रतिनिधि पनि सँगसँगै जाँदा संक्रमितमा उत्साह थपिएको महसुस गरेका छौँ ।”
नगरपालिकाले होम आइसोलेशनमा रहेका नागरिकलाई टिपिओ नेपालको सहयोगमा दैनिक मनोसामाजिक परामर्श सेवा पनि उपलब्ध गराउँदै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपोखरामा सवारी दुर्घटना हुँदा पोखरामा ८ चिनियाँ घाइते
बैशाख ६, २०८१ बिहिबार
गण्डकीमा सर्वोच्चको आदेश नटेर्ने एमालेको रणनीति
बैशाख ५, २०८१ बुधबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
भारतमा २१ राज्यका १०२ निर्वाचन क्षेत्रमा आज मतदान
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपको पहिलो समिफाइनलमा नेपाल र युएई भिड्दै
बैशाख ७, २०८१ शुक्रबार
सिन्धुपाल्चोकमा जन्ती सवार बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, ५२ घाइते
बैशाख ७, २०८१ शुक्रबार
‘कोर्स करेक्सन’का लागि अब कांग्रेस–एमाले गठबन्धन, देशले कहिलेसम्म अस्थिर दाहाललाई झेल्ने ?
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार