उपत्यकामा निषेधाज्ञा तोडेको आरोपमा ९ हजार जना कारवाहीमा
नेपालबहस संवाददाता
बैशाख ३१, २०७८ शुक्रबार १९:४६:२९
३१ बैशाख, काठमाडौं । नेपाल प्रहरीले काठमाडौं उपत्यकामा निषेधाज्ञा तोडेको आरोपमा एकै सातामा ९ हजार ३४३ मानिसलाई कारवाही गरेको छ । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न सरकारले जारी गरेको निषेधाज्ञामा प्रहरीले एक सातामा ९ हजार ३ सय ४३ जना मानिस र ४ हजार २ सय ९९ सवारी साधनमाथि कारवाही गरेको हो ।
बैशाख २४ देखि ३० गतेसम्म एक साताको अवधिमा उपत्यकामा ४ हजार २९९ वटा सवारी साधनहरु पनि कारवाहीमा परेका छन् । सीसीएमसीको सचिवालयका अनुसार काठमाडौं उपत्यकामा निषेधाज्ञा सुरु भएको दोस्रो साता अर्थात बैशाख २४ गते एक दिनमा १ हजार १६ जनामाथि कारवाही भएको थियो । २५ गते यो संख्या बढेर १६ सय नाघ्यो भने २६ र २७ गते १८ सय नाघ्यो ।
बैशाख २८ गतेदेखि भने उपत्यकामा निषेधाज्ञा तोड्ने मानिसहरुको संख्या घटेको तथ्यांकले देखाएको छ । सीसीएमसी सचिवालयका अनुसार निषेधाज्ञा सुरु भएको दोस्रो साता अर्थात बैशाख २४ गते ८१० वटा सवारीसाधन कारवाहीमा परेका थिए ।
त्यसयता दिनको ५ सय बढी सवारीसाधनहरु कारवाहीमा पर्दै आएका छन् । बैशाख ३० गते दिउँसो १ बजेसम्म ४५१ सवारी साधनहरु कारवाहीमा परेका छन् । निषेधाज्ञा तोडेर बाटोमा निस्केका सवारीसाधन र मानिसहरुलाई प्रहरीले केहीबेर सडक किनाराको ‘होल्डिङ’मा राखेर सम्झाई बुझाई घर पठाउने गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
फरार रहेका जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी गर्न प्रहरीले गर्यो पत्राचार
बैशाख ६, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
पोखरामा एसिया कप तथा साउथ एसियन ट्रायथोलन च्याम्पियनसिप हुँदै
बैशाख १३, २०८१ बिहिबार
प्रिमियम लिगका दुइ खेलाडीमाथि बलात्कारको आरोप
बैशाख १३, २०८१ बिहिबार
अमेरिकाले युक्रेनलाई गोप्य रुपमा दिएका लामो दुरीको मिसाइलको प्रयोग
बैशाख १३, २०८१ बिहिबार
डढेलोले खोटाङमा तेह्र घर खरानी
बैशाख १३, २०८१ बिहिबार
बजेटबारे अर्थमन्त्रीलाई ७ पूर्वअर्थमन्त्रीको सुझाव, पपुष्लिट नभई यथार्थपरक बजेट ल्याउनुस्
बैशाख १३, २०८१ बिहिबार