निर्माणाधीन राम्चेखोला मोटरेवल पुल अन्तिम चरणमा
नेपालबहस संवाददाता
बैशाख ३१, २०७८ शुक्रबार १९:५४:१४
३१ वैशाख,लमजुङ । लमजुङमा निर्माणाधीन राम्चेखोला मोटरेवल पुल अन्तिम चरणमा पुगेको छ । बेँसीशहर नगरपालिका–५ नाल्माफेदी र सुन्दरबजार नगरपालिका–११ ठूलोश्वाँरा जोड्ने राम्चेखोला मोटरेवल पुलको काम १० प्रतिशत मात्र बाँकी रहेको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।
निर्माणाधीन राम्चेखोला मोटरेवल पुलको हालसम्म ९० प्रतिशत निर्माण कार्य सम्पन्न भएको कार्यालय प्रमुख इन्जिनीयर सुमन गिरीले बताए । आरसिसीसहितको पक्की मोटरेवल पुलको कन्सट्रक्शनतर्फको सबै काम सकिएको छ भने यसको फिनिसिङको काम मात्रै बाँकी रहेको उहाँको भनाइ छ । पुल यस आर्थिक वर्षभित्रै निर्माण सम्पन्न गर्ने गरी तीव्र रुपमा निर्माण कार्य भइरहेको छ ।
चालु आर्थिक वर्षमा सञ्चालनमा रहेका अन्य योजनाभन्दा सो पुल छिटो सम्पन्न हुने पूर्वाधार कार्यालयले जनाएको छ । पच्चीस मिटर लम्बाइ रहेको यस पुलको विसं २०७८ पुस ३० गते निर्माण सम्पन्न गर्ने गरी विसं २०७७ असार ३० गते निर्माण सम्झौता भएको थियो । विसं २०७७ पुस महिनाबाटै पुल निर्माण कार्य थालिएको थियो ।
गण्डकी प्रदेश सरकारको रु चार करोड छ लाख ५० हजार ७१९ लागत स्टमेट रहेको उक्त योजनाको पराजुली कन्सट्रक्शन भोर्लेटारसँग रु दुई करोड ६० लाख ७४ हजार ७१९÷८४ मा निर्माण सम्झौता भएर निर्माण कार्य शुरु गरिएको पूर्वाधार कार्यालयका प्रमुख इन्जिनीयर गिरीको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएसइईमा गण्डकीबाट ४० हजार बढी विद्यार्थी सहभागी
चैत १५, २०८० बिहिबार
म्याग्दीका भिर पहरामा मह सिकार सुरु
चैत १४, २०८० बुधबार
नौमती बाजा बजाउन तालिम लिँदै बागलुङका आमाहरू
चैत १३, २०८० मंगलबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार