मयूर संरक्षणमा जुट्दै गाउँपालिका
नेपालबहस संवाददाता
बैशाख ३१, २०७८ शुक्रबार २२:२५:२०
३१ वैशाख,फुङ्लिङ । मयूर बिस्तारै देखापर्न छाडेका छन् । गाउँको नजीकसम्म आएर नाच्ने मयूर बिस्तारै विस्थापित हुँदै गएपछि ताप्लेजुङको मेरिङदेन गाउँपालिका मयूर संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा जुटेको छ ।
विगतमा गाउँघरका नजीक–नजीकका जङ्गलमा प्रशस्त देखापर्ने मयूर आहिले देखापर्न छोडेको आठराई त्रिवेणी गाउँपालिका—४ का स्थानीयवासी प्रजिन लिम्बूले बताए । मयूर एक आकर्षक पन्छी हो । आज भोलि बिस्तारै मयूर लोभ हुँदै गएको लिम्बूले बताए ।
केही वर्षअगाडि गाउँघर नजीकैका जङ्गलमा देखापर्ने मयूर आजभोलि विस्थापित हुन पुगेको पाथीभरायाङवरक गाउँपालिका—५ का स्थानीयवासी ठाकुरसिंह लिम्बूले बताए । स्थानीय सरकार आएपछि गाउँगाउँमा नयाँ सडक विस्तार गर्ने र भौतिक निर्माणले गर्दा पहिला प्रशस्त देखापर्ने मयूर अहिले विस्थापित हुँदै आएका सिदिङवा गाउँपालिका–४ की अनिता लिम्बूले सुनाए । दुर्लभ पन्छी मयूर विस्थापित हुँदै गए पनि संरक्षणका लागि कुनै स्थानीय सरकार तथा सरोकारवालले चासो नदिएको उनले बताए ।
भौतिक विकास निर्माणसँगै भिन्न मानवीय गतिविधि बढेकाले मयूर विस्थापित हुँदै गएपछि मेरिङदेनले मयूर संरक्षणमा लागेको गाउँपालिकाका प्रवक्ता सूर्यमान बराइलीले बताए । गाउँपालिकाले चालु आर्थिक वर्षमा मयूर संरक्षण बजेटसमेत विनियोजन गरेर संरक्षण गर्न लागेको हो । मयूर संरक्षणका लागि गाउँपालिकाले एकजना कर्मचारी कारारमा नियुक्ति गरेको छ ।
मयूरको आहारा दिने, पानी दिने र रेखदेख गर्नका लागि कर्मचारी नियुक्त गरिएको गाउँपालिकाले जनाएको छ । दुई वर्षदेखि गाउँपालिकाले संरक्षण गर्न थालेपछि जङ्गलमा दैनिकरुपमा मयूर देखा पर्न थालेका मेरिङदेन–२ का पूर्णहाङ लिम्बूले बताए ।
चालु आवमा मयूरको आहारा व्यवस्थापन गर्नका लागि गउँपालिकाले रु तीन लाख रकम विनियोजन गरेको गाउँपालिकाका प्रवक्ता बराइलीले बताए । मयूर संरक्षण गर्न कर्मचारीको तलबका लागि रु दुई लाख गाउँपालिकाले विनियोजन गरेको जनाइएको छ । मेरिङदेन–५ र २ क्षेत्रलाई मयूर संरक्षण क्षेत्र घोषणा गरेर संरक्षण गरिएको प्रवक्ता बराइलीले बताए । मकै, धान जस्ता विभिन्न खाद्यान्न दैनिक आहाराका रुपमा मयूरलाई दिइँदै आएको छ ।
विगतमा ताप्लेजुङका धेरै क्षेत्रमा मयूर प्रशस्त पाइए पनि अहिले देखापर्न छाडेपछि सो गाउँपालिकाले संरक्षणका लागि पहलको शुरुआत गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङदेम्बेले बताए । दिन प्रतिदिन मानवीय गतिविधि र भौतिक निर्माणका काम बढिरहेकाले मयूर विस्थापित हुँदै जाने भएकाले संरक्षणको आवश्यकता भएको उनले सुनाए ।
मयूरलाई संरक्षण गर्न सके आन्तरिक तथा बाह्य पर्यटकको प्रवद्र्धन गर्न सकिने गाउँपालिकाका प्रवक्ता बराइलीले बताए । मयूर संरक्षण क्षेत्रमा होडिङ बोर्ड राखेर मयूरको महत्व र विशेषताबारे प्रचारप्रसार गरिँर्दै आएको गाउँपालिकाले जनाएको छ ।
आगामी वर्षमा मयूरको संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा जोड दिन योजना निर्माण गर्ने गाउँपालिको लक्ष्य रहेको प्रमुख प्रशासकीय अधिकृत आङदेम्बेले बताए । गत वर्षदेखि गाउँपालिकाले योेजना बनाएर संरक्षण गर्न थालेसँगै मयूरको सङ्ख्यासमेत वृद्धि भएको स्थानीयवासी देउमान लङवाले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज प्रचार प्रसारको अन्तिम दिन, इलाममा कांग्रेसको ४२ वटै वडामा घरदैलो
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार