सरकारलाई असफल बनाउन खोज्नेहरू जन्डिसका बिरामी: ओली
नेपालबहस संवाददाता
बैशाख ३१, २०७८ शुक्रबार २२:२९:४५
३१ बैशाख, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री पदको शपथ लिएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पदभार ग्रहण गरेका छन् । प्रधानमन्त्रीको पदभार सम्हाल्दै प्रधानमन्त्री ओलीले आफूले सरकार बनाउन नसकेपछि प्रतिगमन भन्नेहरूले नक्कली क्रान्तिकारी चस्माबाट हेरेको टिप्पणी गरे ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’तिर इंगित गर्दै ओलीले देशमा शान्ति स्थापना हुन नदिने, अस्थिरता छरिरहने र बबन्डर मच्चाइरहनेहरूले जनतालाई भ्रममा पार्न खोजेको आरोप लगाए ।
कोभिड– १९ का विरुद्ध छिमेकी राष्ट्रहरूले सहयोगको हात बढाइरहेको बेला देश र जनताप्रति चिन्तित नभई आफ्नो स्वार्थमा मात्र चिन्तित हुने प्रवृत्ति स्वीकार्न नसकिने बताए । कोभिडका विरुद्ध एकजुट भएर लड्नुपर्नेमा जनतालाई निराशा बनाउने र सरकारलाई असफल बनाउन खोज्नेहरू जन्डिसको बिरामी भएको बताए ।
उनले कसैलाई भ्रष्टाचार गरेको थाहा पाए हदैसम्मको कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् । शपथका वाक्य र अक्षरको पालना गर्दै देश र जनताप्रति पूर्ण बफादार रहनेसमेत उनले प्रतिबद्धता जाहेर गरे ।
साथै उनले कोरोना महामारी नियन्त्रणका लागि राज्यको सबै शक्ति लगााउने बताएका हुन् । प्रधानमन्त्री ओलीले महामारीको अहिलेको समयमा सेवाभावका साथ सहयोग गर्न आग्रह गरेका छन् ।
उनले मुलुकका सबै अक्सिजन उद्योग पूर्णक्षमतामा चलाउन पनि आग्रह गरेका छन् । अक्सिजन ढुवानी र वितरणलाई व्यवस्थित बनाउने भन्दै प्रधानमन्त्री ओलीले आवश्यकता र विरामीको चापका आधारमा अक्सिजन पाउने व्यवस्था गर्ने पनि बताए ।
महामारीका बेला स्वास्थ्य सामग्री, औषधि र स्वास्थ्य सेवा उपलब्ध गराउने सम्बन्धमा भ्रष्टाचार र अनियमिता गर्नेमाथि सरकार कडाइका साथ प्रस्तुत हुने पनि प्रधानमन्त्री ओलीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
प्रदेश सरकारमा संकट पार्दै वैकल्पिक गठबन्धन निर्माणमा नेकपा एसको प्रयास
बैशाख ४, २०८१ मंगलबार
सत्ता गठबन्धनमा नेकपा एसको काउण्टर अट्याक, के होला उपनिर्वाचनपछि सरकारको अवस्था ?
बैशाख ३, २०८१ सोमबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
भारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार