ऊनबाट बनेका सामग्रीले पाएनन् बजार
नेपालबहस संवाददाता
बैशाख ३१, २०७८ शुक्रबार २२:३८:३२
३० वैशाख,रुकुम पूर्व । भौगलिक रुपमा विकट रुकुम –पूर्वका कृषकले पूर्खौँदेखी भेडा बाख्रापालन गर्दै आएका छन । जिल्लाको माथिल्लो भेगमा मगर समुदायको बाहुल्यता छ । यी समुदायका नागरिकले भेडाको ऊनबाट विभिन्न सामग्री निर्माण गरेर आम्दानी गर्दै आएका छन् । पछिल्लो समय बढ्दो आधुनिकतासँगै ऊनबाट बनेका सामग्रीले बजार नपाउँदा भने राडीपाखी व्यवसाय सङ्कटमा परेको छ ।
पुथाउत्तरगंगा गाउँपालिका –१० तकसेराकी बिजुली बुढा आफुले थाहा पाउने भएदेखी भेडाको ऊनबाट बन्ने सामाग्री बनाउँदै आउनु भएको छ । घरमा भेडा बाख्रापालन हुने भएकाले उनी सानैबाट धागो कात्ने, राडीपाखी, पटुका, टोपी, पञ्जा, मोजा, गलैँचा, स्वीटर, घुम लगायतका सामाग्री बनाउछन् । पहिला यी सामाग्रीले सहजै बजार पाउँथे । अहिले उत्पादन भएपनि बिक्री नहुँदा पेशा सङकटमा परेको बिजुली बताउछन् ।
पुथाका अधिकांश ठाउँमा भेडापालन गरिन्छ भने भूमेका चारवटा वडामा पनि भेडाबाख्रा पालन हुँदै आएको छ । भेडाका ऊनबाट बनेका सामग्री बनाउने र बिक्री गर्ने गरेका स्थानीयवासीको रोजगारी त्यसैबाट भएको थियो । पछिल्लो समय आधुनिक प्रविधि र आयातित कपडाका कारण परम्परागत रूपमा हरेक घरमा बुनिँदै आएको राडी, पाखी र बख्खु विस्तारै लोप हुन थालेका छन् ।
जिल्लामा यी सामाग्री बुन्न महिला बढी सक्रिय छन् । परम्परागत यो पेशालाई उद्योगको रुपमा स्थापना गर्ने उनीहरुको चाहना छ । यसमा सरकारले सहयोग गर्नुपर्ने पृथा –११ कि सीता बुढा मगरको भनाइ छ ।
भेडाको रौँबाट ऊन तयार पारेर राडी, पाखी र बख्खु बुन्ने कार्य कठिन त छँदैछ र त्यसका लागि समय पनि लामो लाग्छ । पहिले पहिले परम्परागत हस्तकलाका यस्ता सामाग्री रुकुमपूर्वका प्रायः घरमा बुन्ने चलन थियो । अहिले त्यस्ता सामग्री आफन्तलाई कोशेली पठाउन मात्र बुन्ने गरिन्छ । घरेलु तथा साना उद्योग कार्यालय रुकुम पूर्वका उद्योग अधिकृत ताराप्रसाद शर्मा भने उद्योग सञ्चालनका लागि आवश्यक सहयोग गर्ने बताउछन् ।
राडीपाखी उद्योग सञ्चालका लागी प्रदेशबाट पनि यस वर्ष जिल्लामा रु १० लाख बजेट प्राप्त भएको उनले जानकारी दिए । सामूहिक तथा व्यक्तिगत रुपमा उद्योग दर्ता गरी सञ्चालन गर्न कृषक तथा व्यवसायीलाई आग्रह गरिएको अधिकृत शर्मा बताउछन् ।
पुराना पुस्ताले गाउँमै बुनिएको कपडाहरू प्रयोग गर्दै आएपनि नयाँ पुस्ताले प्रयोग नगर्ने र पेसा संरक्षणमा पनि चासो नदेखाएको कारण भविष्यमा राडी, पाखी र बख्खुहरू देख्न नपाइने स्थानीयबासीको चिन्ता छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनीका ७ जना मन्त्रीले पाए जिम्मेवारी
बैशाख १२, २०८१ बुधबार
लुम्बिनी विकास कोषले देखायो हदैसम्मको लापरवाही, अहिलेसम्म फेरिएन च्यातिएको झण्डा
बैशाख १२, २०८१ बुधबार
बाँकेका विभिन्न सामुदायिक वनमा डढेलो
बैशाख ९, २०८१ आइतबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
मन्त्रिपरिषदमा छिर्यो सहकारी ठगीको विषय
बैशाख १३, २०८१ बिहिबार
डढेलोले पाइप जल्यो, खानेपानीको समस्या
बैशाख १३, २०८१ बिहिबार
सडकको लम्बाई बढाएर ३८ लाख भ्रष्टाचार गरेको आरोपमा शाहीसहित ९ जनाविरुद्ध मुद्दा दायर
बैशाख १३, २०८१ बिहिबार
सडकमा पल्टिएको जीप
बैशाख १३, २०८१ बिहिबार
रुसद्वारा पोल्याण्डका नेटो आणविक केन्द्रहरू सैन्य लक्ष्य बन्न सक्ने चेतावनी
बैशाख १३, २०८१ बिहिबार