नेपालकाे बटमलाइनमा ओलीको सहमति ?
नेपालबहस संवाददाता
बैशाख ३१, २०७८ शुक्रबार २२:५९:४२
३१ बैशाख, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले फागुन २८ गतेपछिका निर्णय फिर्ता लिन तयार भएकाे एमाले वरिष्ठ नेता माधवकुमार नेपालले बताएका छन् । शुक्रबार खाेप लगाएपछि संसद भवनमा पत्रकारहरूसँगकाे कुराकानीमा फागुन २८ गते पछिका सबै निर्णय फिर्ता लिई २०७५ जेठ २ को संरचना अनुसार पार्टी सञ्चालन गर्न अध्यक्ष ओली सहमत भएको दावी गरेका हुन् ।
नेता नेपालले प्रधानमन्त्री एवम् अध्यक्ष ओली आफूहरूको बटमलाइन अनुसार नै अगाडि बढ्न चाहेको दाबी गरे । गत फागुन २८ मा अध्यक्ष ओलीले महाधिवेशन घोषणा गरेका थिए भने विधान संशोधन लगायतका काम पनि गरेका थिए । दुई नेताबीच बिहीबार राजधानीको चपलीमा भएको वार्तामा सहमति भएको थियो ।
यसैबीच, नेकपा एमालेका अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच आज पनि भेटवार्ता हुने भएको छ । साँझ ६ बजे सिंहदरबारमा भेटवार्ता हुने तय भएको छ ।
आजको वार्तामा भने ओली र नेपालले आफू निकट नेताहरुलाई पनि सामेल गराउने भएका छन् । वार्तामा जाने नेपाल समूहका नेताहरुको टुंगो लागेको छ । ओलीसँगको वार्तामा नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भूसाल, गोकर्ण बिष्ट र रघुजी पन्त सहभागी हुने भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदेशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
राष्ट्रिय सभाकी उपाध्यक्ष अर्यालले बुझाइन राजीनामा
चैत १५, २०८० बिहिबार
राप्रपाले इलाममा लक्ष्मी गुरूङलाई बनायो उम्मेदवार
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
नेपालमा बस्छन ६० देशका अवैतानिक वाणिज्यदूत
चैत १५, २०८० बिहिबार