ओलीले गरे राष्ट्रपतिलाई टेकओभर, त्यो पर्दैन !
नेपालबहस संवाददाता
बैशाख ३१, २०७८ शुक्रबार २३:५५:८
३१ बैशाख, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार नवनियुक्त प्रधानमन्त्री केपी ओलीलाई शपथग्रहण गराउँदै गर्दा प्रधानमन्त्री ओलीले ‘त्यो पर्दैन’ भन्दै टारेपछि यतिबेला उक्त वाक्य सामाजिक सञ्जालमा भाइरल भएको छ ।
राष्ट्रपति भण्डारीले शपथको रेडिमेड ढाँचा वाचन गर्दै ओलीलाई पद तथा गोपनियताको वाचा गराउँदै मुलुक र जनताप्रति पूर्णवफादार रही सत्य निष्ठापूर्वक “प्रतिज्ञा गर्छु…” भन्दै थिइन् । राष्ट्रपतिले दोहो¥याएर प्रतिज्ञा गर्छु भन्ने वाक्य के बोलेकी थिइन, उनलाई ओलीले रोके र “त्यो पर्दैन” भनेर टारे । राष्ट्रपति पनि हल्का हास्न थालिन ।
प्रधानमन्त्रीको शपथ लिइरहेका ओलीले मुलुक र जनताप्रति पूर्णवफादार रही सत्य निष्ठापूर्वकसम्म मात्रै भने । “प्रतिज्ञा गर्छु” भन्ने शब्द चाहिँ उल्लेख गरेनन् । राष्ट्रपतिको पदीय मर्यादालाई “त्यो पर्दैन” भन्दै ओलीले टारेको नेपाल टेलिभिजनबाट लाइभ प्रसारित भइरहेको थियो ।
त्यसपछि राष्ट्रपतिले हल्का हाँस्दै शपथका अन्य शब्दहरु अगाडि बढाइन् । एउटै पार्टीबाट राष्ट्रपति र प्रधानमन्त्री भएकाले हुनुपर्छ, राष्ट्रपतिले सहजै ओलीको निर्देशन स्वीकारिन । तर, राष्ट्रपतिको आग्रहलाई वेवास्ता गरेको दृश्य शोभनीय भने देखिएको थिएन ।
तेस्रो पटक प्रधानमन्त्रीको शपथ लिइरहेका ओलीले राष्ट्रपतिलाई टेकओभर गर्दै आफ्नै शब्द चयन गरेको विषयले स्वभाविक रुपमा समाजिक सञ्जालमा बहस त ल्याउन सुरु भैइसकेको छ । अहिले सोसल मिडियामा उनको शैलीलाई लिएर विभिन्न खाले टिकाटिप्पणी सुरु भैरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
प्रदेश सरकारमा संकट पार्दै वैकल्पिक गठबन्धन निर्माणमा नेकपा एसको प्रयास
बैशाख ४, २०८१ मंगलबार
सत्ता गठबन्धनमा नेकपा एसको काउण्टर अट्याक, के होला उपनिर्वाचनपछि सरकारको अवस्था ?
बैशाख ३, २०८१ सोमबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
‘कोर्स करेक्सन’का लागि अब कांग्रेस–एमाले गठबन्धन, देशले कहिलेसम्म अस्थिर दाहाललाई झेल्ने ?
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
इन्डिगो एयरलाइन्सको सीटमा १ केजी सुन भेटियो, ल्याउने मान्छे भेटिएन
बैशाख ६, २०८१ बिहिबार
'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने
बैशाख ६, २०८१ बिहिबार