चितवनमा अक्सिजनको अभाव
नेपालबहस संवाददाता
बैशाख ३१, २०७८ शनिबार ०:५२:३३
३१ वैशाख, चितवन । कोभिड–१९ जटिल संक्रमितलाई उपचार गर्न जिल्लामा अक्सिजन अभाव हुन थालेको छ । बाहिरी जिल्लाबाट अक्सिजन आउन छाडेपछि यहाँका अस्पतालमा माग अनुसार अक्सिजन नपुगेको हो ।
जिल्लामा कोरोनाका उपचार गराइरहेका दुई सरकारी र दुई मेडिकल कलेजका आफ्नै अक्सिजन प्लान्ट सञ्चालनमा रहेको छ । पछिल्लो समय बिरामीको सङ्ख्या बढेपछि उद्योगबाट अक्सिजन ल्याउनु पर्ने बाध्यता भएको छ । स्वास्थ्य कार्यालयका प्रमुख दीपक तिवारीका अनुसार दैनिक एक हजार २०० सिलिण्डर जिल्लाका अस्पतालमा आवश्यक पर्दछ । यहाँको चार अस्पताल र एउटा निजी उद्योगको गरी ८८० सिलिण्डर मात्रै उत्पादन हुँदै आएको छ । दैनिक ३२० सिलिण्डर अक्सिजन जिल्लामा अपुग भएको उनले जानकारी दिए ।
भरतपुर अस्पतालले दैनिक ७५ सिलिण्डर उत्पादन गर्दछ भने २०० खपत गर्दछ । चितवन मेडिकल कलेजको ४०० सिलिण्डर खपत रहेको छ भने उत्पादन ७५ सिलिण्डर मात्रै छ । कलेज अफ मेडिकल साइन्सेसलाई आवश्यक पर्ने ३५० सिलिण्डर आफै उत्पादन गर्दछ । बीस सिलिण्डर अक्सिन उत्पादन गर्ने वीपी कोईराला मेमोरियल क्यान्सर अस्पतालको खपत दैनिक एक सय सिलिण्डर रहेको छ ।
निजी अस्पतालले दैनिक १०० सिलिण्डर र अन्य प्रयोगमा ५० सिलिण्डर खपत हुँदै आएको छ । जिल्लामा रहेको एक मात्रै स्वर्गद्वारी अक्सिजन उद्योगले दैनिक ३६० सिलिण्डर उत्पादन गर्दछ ।
जिल्लाको तथ्याङ्कलाई हेर्दा यहाँका अस्पताल र घरायसी प्रयोगनका लागि ६८० सिलिण्डर दैनिक अभाव हुने गरेको छ । स्वर्गद्वारीको उत्पादन ३६० सिलिण्डर भए पनि दैनिक ३२० सिलिण्डर बाहिरी जिल्लाको भर पर्नु परेको छ ।
प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले यस अघि काठमाडौं र रुपन्देहीमा प्लान्ट भएको शंकर ग्याँस उद्योग र परवानीपुरमा प्लान्ट भएको भाजुरत्न इञ्जिनियरिङ एण्ड सेल्सबाट अक्सिजन आउने गरेको जानकारी दिए । उनका अनुसार ती उद्योगबाट अहिले आउन रोकिएपछि जिल्लामा समस्या आएको हो ।
भरतपुर अस्पतालमा शंकर ग्याँसले वर्षदिनभरका लागि बोलपत्र सकारेको भए पनि ग्यास दिन नसक्दा समस्या भएको छ । उद्योग रहेका जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँग आफूले निरन्तर रुपमा ग्याँस पठाईदिन अनुरोध गरेको भए पनि नआउँदा समस्या भएको उनको भनाइ छ ।
भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले बिरामी बचाउनै मुस्किल हुने अवस्था आएको बताउनुभयो । उहाँले भन्नुभयो “सिलिण्डर खोजेर अहिलेसम्म धानिरहेका छौं, अस्पतालमा कोभिडको श्यया विस्तार गर्ने योजना बनाएको भए पनि अक्सिजनको अभावका कारण समस्या भएको छ । ”
जिल्लाका अस्पतालमा ५० प्रतिशतभन्दा बढी बाहिरी जिल्लाका संक्रमित उपचार गराईरहेका छन् । छिमेकी जिल्लाबाट संक्रमित पठाउने तर अक्सिजन आउन नदिने हुँदा समस्या भएको छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले जिल्लामै अक्सिजनको अभाव भएपछि बाहिर जिल्लामा पठाउन नसकिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो “यहाँको अवस्थाको बारेमा तपाईहरुलाई थाहै छ, मैले के भनौं रु” –––
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरका सामुदायिक विद्यालयमै फोहाेर व्यवस्थापन गर्ने प्रणाली कार्यान्वयन हुँदै
बैशाख १२, २०८१ बुधबार
काभ्रेमा तामाङ युवाको सक्रियतामा छ्योर्तेन निर्माण
बैशाख ११, २०८१ मंगलबार
चितवन माछा, मासु, दूध र अण्डामा आत्मनिर्भर
बैशाख ९, २०८१ आइतबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
बजेटबारे अर्थमन्त्रीलाई ७ पूर्वअर्थमन्त्रीको सुझाव : 'पपुष्लिट' नभई यथार्थपरक बजेट ल्याउनुस्
बैशाख १३, २०८१ बिहिबार
सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधारः विष्णु पौडेल
बैशाख १३, २०८१ बिहिबार
रौतहटमा सवारी दुर्घटनाबाट एक वर्षमा ४१ जनाको मृत्यु, १७ हजार सवारी कारवाहीमा
बैशाख १३, २०८१ बिहिबार
बारामा करेन्ट लागेर २५ वर्षीय यादवको मृत्यु
बैशाख १३, २०८१ बिहिबार
कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै
बैशाख १३, २०८१ बिहिबार
८० वर्षको उमेरमा नागरिकता
बैशाख १३, २०८१ बिहिबार